नेपाली कांग्रेसका दुई महामन्त्री भूकम्प प्रभावित क्षेत्रमा

काठमाडौं, नेपाली कांग्रेसले महामन्त्रीद्वय विश्वप्रकाश शमा र गगन थापालाई भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ ।
महामन्त्रीद्वयको नेतृत्वमा महामन्त्रीद्धयले भूकम्प प्रभावित क्षेत्रमा भएका उद्धार, राहत र व्यवस्थापनमा भएका कमजोरीको वास्तविकता पहिचान गरि अविलम्ब उचित व्यवस्थापनमा ध्यानाकर्षण र सहजीकरण गर्ने कांग्रेसले जनाएको छ ।
सरकारको ७ बुँदे कार्य’ मा केन्द्रीत रहने दुई महामन्त्रीले ‘एकद्वार प्रणाली’ अनुसार तिन तहका सरकार र संघ संस्थाको नभएको भए पालना गर्न÷गराउन थप सुझाव र सहजीकरण गर्ने कांग्रेसले जनाएको छ । उद्धार र राहत क्रममा कांग्रेसको स्थानीय भूमिकाको प्रभावकारिता, कमजोरी दुई महामन्त्रीले जानकारी लिनेछन् ।
महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकता अनुरुप संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पु¥याउने कांग्रेसले जनाएकोे छ ।
नेपाली कांग्रेसले महामन्त्रीद्वयको नेतृत्वमा उद्धार, राहत र पुनर्स्थापनाको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ गठन गरेको छ ।
सरकारको राहत कोषमा पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ । सांसदको आधा महिनाको पारिश्रमिक पनि कांग्रेसले राहत कोषमा जम्मा गर्न घोषणा गरेको छ । केही सांसदले व्यक्तिगत रुपमा छुट्टै सहयोग गरेका छन् । नेविसंघ, तरुण लगायतका भ्रातृ संस्थाले पनि राहत कोषमा सहयोग गर्ने गरि आर्थिक संकलन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्