२०८१ श्रावण १२

मनाङ ढुकुरपोखरीको हिमपहिरो हटाउने काम अन्तिम चरणमा, आज साझँबाट यातायात पूर्णरुपमा सञ्चालनमा आउने ।

काठमाण्डौँ, मनाङ ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा हिमपहिरोका कारण अवरु सडकको ट्रयाक खालेको छ ।
ठुलो हिमपहिराका कारण सडक अवरद्ध भएपछि माथिल्लो मनाङ र तल्लो मनाङबिच यातायात पूर्णरुपमा अवरद्ध भएको छ । मंगलबार दिनभरी सुरक्षा कर्मी स्थानियवासीले स्काइभेटरको सहयोगमा हिमपहिरो हटाई ट्रयाक खालेको छ । प्राकृतिक प्रकोप आइनपरेमा आज (बुधबार) साझँबाट यातायात पूर्णरुपमा सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछानेले जानकारी दिए ।


आइतबार राति परेको हिमपातले सोमबार मनाङ ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा ठुलो हिमपहिरो गएको थियो । हिमपहिराले सडक अवरुद्ध हुँदा तल्लो मनाङ र माथिल्लो मनाङमा आवतजावत ठप्प भएको छ । मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ । हिमपहिरोले सडक अवरुद्ध भएपछि पर्यटक आवतजावतमा समस्या भएको छ ।