२०८३ कार्तिक २२

आज काग तिहार, सांसद माननीय टेकबहादुर गुरुङद्वारा शुभकामना ब्यक्त ।

काठमाडौँ, हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवतरुपमा शुरु भएको छ । आजदेखि पाँच दिनसम्म विभिन्न पशु, पक्षी र माइतीहरुको पुजा अचर्ना गरी मनाइने भएकाले यस चाडलाई यमपञ्चक पनि भनिन्छ ।
यमपञ्चकको पहिलो दिन, कार्तिक कृष्ण त्रयोदशीका दिन कागको सम्मान गर्दै पूजा गर्ने र मिठा परिकार खान दिने परम्परा छ ।

कागतिहारका दिन कागलाई खान नदिई आफूले खानु शुभ मानिँदैन । त्यसैले बिहानको पहिलो खाना वा प्रसाद कागका लागि घरको अग्लो ठाउँ, पर्खाल वा छतमा राखेर कागलाई बोलाइन्छ र अर्पण गरिन्छ । धार्मिक विश्वास अनुसार कागलाई मृत्युका देवता यमराजको दूत वा सन्देशवाहक मानिन्छ । कागले पृथ्वीलोकमा भएका राम्रा नराम्रा घटनाहरूको जानकारी यमराजसम्म पु¥याउने जनश्रुति छ ।
मनाङका सांसद माननीय टेकबहादुर गुरुङले स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार (दिपावलीको) अवसरमा शुभकामना ब्यक्त गरेका छन् ।