२०८३ कार्तिक ३

मनाङ हुम्डेका बाढी प्रभावित क्षेत्रमा पहिलो पटक राहत वितरण ।

हुम्डे, मनाङमा आएको बाढी पश्चात् राहत वितरणका कार्यक्रमहरू प्रायः सदरमुकाम चामेमा मात्र केन्द्रित भइरहेकोमा साना गुरुङ र साथीहरूको पहल तथा सहयोगमा मनाङको हुम्डेमा पहिलो पटक राहत सामग्री हस्तान्तरण गरिएको हो ।
राहतको पहुँचबाट टाढा रहेको हुम्दे क्षेत्रका १३ घरधुरीलाई साना गुरुङ र साथीहरूकको समूहले पहिलो पटक म्याट्रस, कम्बल, लत्ताकपडा, चामल, भान्साका लागि आवश्यक भाँडाकुँडा, बालबालिकाका लागि डाइपर र स्टेसनरी सामग्रीहरू प्रदान गरिएको छ ।


विपद्का कारण कठिनाइ भोगिरहेका हुम्डेवासीलाई पहिलो पटक प्राप्त भएको यस मानवीय सहयोगले उनीहरूको दैनिकीलाई केही हदसम्म सहज बनाउने अपेक्षा गरिएको छ ।


यसअधि सोही समूहले चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घले, वडा नम्बर ५ का अध्यक्ष विजय गुरुङ, तथा चामे गाउँपालिकाका स्वास्थ्य प्रमुख छोडेन लामाको उपस्थितिमा २३ परिवारलाई म्याट्रस, कम्बल, सिरानी, तन्ना, लत्ताकपडा, स्यानिटरी प्याड र बालबालिकाका लागि डाइपरलगायतका अत्यावश्यक सामग्रीहरू वितरण गरिएको थियो ।