२०८१ श्रावण १२

मनाङे चेली तेञ्जीङ्ग डोल्मा गुरुङको अपिल ।

धेरै प्रतिस्र्पधीहरुलाई पछि पार्दै द भ्वइस अफ नेपालको आठौं स्थानसम्म पुग्न सफल सुमधुर स्वरकी धनी, मनाङे चेली तेञ्जीङ्ग डोल्माले धेरैभँदा धेरै भोटको अपेक्षा गरेकी छिन ।
बुवा डिका र आमा मिरा गुरुङकी छोरी तेञ्जीङ्गको जन्म २१ मई २००० मा भएको हो । सानैदेखि नै गित गुनगुनाउने तेञ्जीङ्गले माध्यमिक तहसम्मको अध्ययन काठमाण्डौँको मेरिडियन स्कूलबाट पुरा गरी न्यूटन स्कूलबाट कक्षा १२,व्यवस्थापन संकाय उत्र्तीण गरेकी छिन ।

भविष्यमा संगीत विद्यामै अध्ययन गरी असल र सफल गायीका बन्ने सोचका साथ द भ्वइसमा आएको र आप्mनो कडा मेहनत, दर्शक श्रोताहरुको साथ सहयोगले आज आठै स्थानसम्म आइपुग्न सफल भएको बताउदैं सहयोगी सबैमा कृतज्ञता ब्यक्त गरेकी छिन ।
अध्ययनका साथसाथै सबैभन्दा पहिले इनोभेट ब्याण्डमा गीत गाउँदै सांगितीक यात्रा शुरु गरेकी २३ बर्षीय तेञ्जीङ्ग डोल्मा गुरुङ भविष्यका एक सफल र असल गायीका बन्ने लक्ष्यका साथ मेहनत गरिरहेकी छिन । आगामी दिनहरुमा अझ कडा मेहनत र दर्शक श्रोताहरुको साथ चाहिने भएकाले विश्वभरी रहेका सबै–सबै दर्शक श्रोताहरुलाई धेरैभन्दा धेरै भोट गरी सहयोग गर्न पनि अनुरोध गरेकी छिन ।


तेञ्जीङ्ग डोल्मा गुरुङलाई द भ्वोइ अफ नेपालको उपाधि हांसिल गर्नका लागि आप्mनो मोबाइलको प्ले स्टोरमा गई खल्ती एप डाउनलोग डरी मनपर्ने प्रतियोगीहरुमा गई तेञ्जीङ्ग डोल्मा गुरुङको फोटोमा क्लिक गरी भोट गर्न सकिने छ ।

https://www.facebook.com/100010976944766/videos/1079115749787781