२०८१ श्रावण १२

मनाङ ८ सदस्य नेपाली कांग्रेसको केन्द्रीय समितिका विभिन्न विभागहरुमा मनोनित

चामे, ११ असोज/नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले गठन गरेका विभिन्न विभागहरुमा मनाङका ८ सदस्य चयन भएकोमा नेपाली कांग्रेस मनाङको कार्यसमतिले समीक्षा गरेको छ । चयन भएका सम्पूर्ण सदस्यहरु जिल्ला कार्यसमिति मनाङका सभापति पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको सिफारिसमा चयन भएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाले गठन गरेको नेपाली कांग्रेस पार्टी जेष्ठ राजनीतिज्ञ सभामा मनाङका तीन जेष्ठ राजनीतिज्ञ रहेका छन् । तीन सदस्यहरुमा नेपाली काँग्रेस मनाङका संस्थापक सभापति एवं राष्ट्रिय सभाका पूर्व सभासद कोमल बहादुर घले, संस्थापक सदस्य कर्म गुरुङ (तारा) र चिउडे लामा उक्त सभामा चयन भएको नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव सुरेन्द्र गुरुङले जनाएका छन् ।

त्यसैगरी पार्टीको केन्द्रीय कार्यालय सानेपाले गठन गरेका अन्य विभागहरूमा मनोनित भएका अन्य सदस्यहरु जनसम्पर्क समन्वय समितिमा दिलबहादुर गुरुङ र नाचोङ गुरुङ रहेका छन् । जनजाती समन्वय समितिमा साङदो लामा र भौतिक निर्माण समन्वय समितिमा प्रेमलाल लामा मनोनित भएका छन् भने तरुण विभागमा कर्मा गुरुङ (वाईड)लाई मनोनित गरिएको छ । नेपाली कांग्रेस मनाङ जिल्ला कार्यसमितिले सम्पूर्ण मनोनित सदस्यहरुलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै हार्दिक बधाई समेत ज्ञापन गरिएको सचिव सुरेन्द्र गुरुङले बताएका छन् ।