२०८१ आश्विन २०

सांसद गुरुङको पहलमा तटबन्ध निमार्ण कार्य अन्तिम चरणमा, पूल निमार्णका लागि प्राविधिक टोली मनाङ आउने ।

मनाङ, पूर्वश्रम तथा रोजगार राज्यमन्त्री एवं सांसद माननीय टेकबहादुर गुरुङको पहलमा मनाङको नासों–१, तलमा मस्र्याङ्दी नदीमा तारजाली (तटबन्ध) निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ ।
मस्र्याङ्दी किनारमा रहेको ताल गाउँमा २०७८ जेठ १४, २९ र असार १ मा आएको बाढीले ठूलो क्षति पु¥याएको थियो । बाढीले तालगाउँ डुबानमा परेपछि बस्तीको सुरक्षाका लागि ८० मिटर लामो मेसिनरी पर्खाल लगाइएको थियो । तर, उक्त पर्खाल लगाएको तीन वर्षपछि असार २५ गते बिहान ७ बजे खोलामा आएको बाढीले १० मिटर जति बगाएको थियो । खोलाले मेसिनरी पर्खाल भत्किए पछि पुनः ताल गाउँ बाढी र डुबानको खतरामा परेको थियो । पूर्वश्रम तथा रोजगार राज्यमन्त्री एवं सांसद माननीय टेकबहादुर गुरुङको पहलमा संघ, प्रदेश र स्थानीय तहको समन्वयमा उक्त क्षत्रमा एक सय घनमिटर तालजाली लगाउने काम भइरहेको छ ।


सांसद गुरुङले तत्काल बाढी नियन्त्रणका लागि तारजाली लगाउने काम भईरहेको छ । तर यो स्थाई समाधान होइन । स्थाई समाधानका लागि संघीय र प्रदेश सरकारसंग छलफल भइरहेको र बर्षा महिना सकिने बित्तिकै काम शुरु हुने पनि बताए । त्यसो त, बाढीले पूलहरु बगाएपछि अवरुद्ध यातायात सुचारु गर्नका लागि पनि सम्बद्ध पक्षसंग छलफल भए अनुसार एउटा काठे पूल निमार्ण भइसकेको र अन्य पूल निमार्णका लागि प्राविधिकसंग कुरा भई सकेको र प्राविधिकको टोली आइतबारसम्म सम्बन्धीत स्थान पुग्ने र अध्ययन गरी तत्काल निमार्ण कार्य शुरु गरिने बताए ।


नासों गाउँपालिका–१, तलमा मस्र्याङ्दी नदी किनारमा तारजाली (तटबन्ध) निमार्ण कार्य अन्र्तगत हाल बेसमेन्ट निमार्ण र त्यसमाथिको तारजाली सहितको पर्खाल निमार्ण कार्य अन्र्तगत अन्तिम चरणको कार्यहरु भइरहेको स्थानीय सामाजीक अगुवा ललिता गुरुङले बताए ।


हाल मनाङ जिल्लामा त्यत्ति भारी बर्षा नभएकाले नदी तथा खोलाहरुमा बाढीको जोखिम कम रहेकाले तारजाली लगाउने, अस्थाई काठे पूल निमार्ण गर्ने कार्य भइरहेको छ । तर तिमाङ झरनामा काठे पूल निमार्ण गर्न नसकिने भएकाले प्राविधकको टोली सोमबारसम्मा मनाङ आइपुग्ने र छलफलगरी निमार्ण कार्य अधि बडाइने प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछानेले बताए । त्यसैगरी, नासोँ–१ ताल गाउँमा मनसुनी विपद्बारे सूचना दिने, उद्घार र व्यवस्थापनका लागि स्थानीय र प्रहरी सम्मिलीत समिति समेत गठन गरिएको प्रजिअ लामिछाने बताए ।