पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङद्धारा विकास निर्माणको स्थलगत अवलोकन

चामे । पूर्व श्रम तथा रोजगार राज्यमन्त्री तथा सांसद टेकबहादुर गुरुङद्धाले मनाङ जिल्लाको भ्रमण गरेका छन् ।
जिल्ला भ्रमणका क्रममा जिल्लामा भइरहेको विकास निमार्णका कार्यहरुको स्थलगत अवलोकन, अनुगमनका साथै शान्ति सुरक्षा, मनाङ जिल्लामा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको सेवा सुविधा सम्बन्धमा हाल भईरहको कार्यका साथै आगामी दिनहरुमा गर्नपर्ने कार्य सम्बन्धमा पनि छलफल गरेका छन् ।
भ्रमणका क्रममा निस्याङ गाउंपालिका वडा नं –५, भ्राकाको मिलारेपा गुफासम्म जाने निमार्णाधिन मोटर बाटाको स्थलगत अवलोकन गरेका छन् । स्थानीय जनप्रतिनिधि, अगुवाहरुसगंको स्थलगत अवलोकनका क्रममा निमार्ण हुन बांकी सडक र अन्य भौतीक सरचनाका साथै बजेटका बारेमा पनि छलफल गरेका थिए ।
त्यसैगरी, जिल्ला सदमुकाम चामेमा बन्दै गरेको वि.पी. स्मृति भवनको पनि अवलोकन गरेका थिए । त्यहाँ उपस्थित् भेलासंग भावी विकास निमार्णका बारेमा पनि छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्