२०८१ श्रावण १२

को भवन निर्माणका लागि रकम दान

Aama Samuha - Building Construction - Manang

धारापनी, १७ बैशाख / मनाङ जिल्लाको नासों गाउँपालिका वडा नं ३ धारापानीमा आमा समूहको भवन निर्माण गर्न स्थानीय वडा नं १ निवासी आन्द्रे गुरुङले आवश्यक रकम दान गरेका छन् ।

अनुमानित १५ लाखदेखि २० लाखसम्म रकम खर्च हुने उक्त भवन निर्माणका लागि लाग्ने रकम उनले दान दिने प्रतिबद्धता जनाए पछि भवन निर्माण स्थल तयार पार्न स्काभेटर सञ्चालन गरिएको छ । भवन निर्माणका लागि स्थानीय आमासमूह सक्रीय रुपमा लागेपछि भवन निर्माणको कार्यले गति लिएको स्थानीय थुप्तेन लामाले बताएका छन् ।

आमा समूहको भवन निर्माण प्रकृया अगडि बढेसँगै स्थानीय बासिन्दाहरुले रकम दान दिने आन्दे्रे गुरुङलाई धन्यवाद दिएका छन् ।