२०८१ श्रावण १२

पूर्व राज्यमन्त्री गुरुङद्वारा सोनम ल्होसारको शुभकामना व्यक्त

Tek Bahadur Gurung

काठमाडौं, ३० माघ/ तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनम अर्थात ग्याल्बो ल्होसार पर्वको अवसरमा पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले शुभकामना ब्यक्त गरेका छन् । देश विदेशमा रहेका तामाङ समुदायमा सुख शान्ति एवं समृद्धिका लागि पूर्व राज्यमन्त्री गुरुङले शुभकामना ब्यक्त गरेका हुन् ।

सोनम अर्थात ग्याल्बो ल्होसारको अवसरका शुभकामना ब्यक्त गर्दै गुरुङले भनेका छन् ‘आजबाट सुँगुर वर्ष पूरा भई मुसा वर्षमा प्रवेश भएको यो नया वर्षको अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण तामाङ समुदायमा सुख, शान्ति समृद्धि एवं समुन्नतिका लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।’ मुसा, सर्प, घोडा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), बाँदर, भेडा, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको र यो वर्ष सुँगुर वर्ग सकिएर मुसा वर्गमा प्रवेश भएको पूर्व राज्यमन्त्री गुरुङले बताएका छन् ।

तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनम ल्होसार हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाउने गरिन्छ