२०८१ श्रावण १२

शुभकामना आदानप्रदान एवं अनुगमन कार्यक्रम सम्पन्न

Greetings of New Year 2076

धारापनी, २ बैशाख । नासों गाउँपालिका वडा नं ८ मा रहेको फोप्चे— सातकन्यादेवी धार्मिकस्थलको मर्मत कार्य सम्पन्न भएर यसको अनुगमन गरिएको छ । धार्मिक स्थलमा स्थानीय आमासमूहले एक समारोहको आयोजना गरी अनुगमन तथा नयाँ वर्ष २०७६ सालको शुभकामना आदान प्रदान कार्यक्रम समापन गरेको हो । मनाङका प्रमूख जिल्ला अधिकारी मोदनाथ देवकोटाको आतिथ्यता र नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेको विशेष आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको स्थानीय दुर्गा घलेले जानकारी दिएकी छिन् । नासों गाउँपालिकाको ताचैका आमासमूहले आयोजना गरेको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुका साथै स्थानीयबासिन्दाहरुको बाक्लो उपस्थिति थियो ।

तस्बिर : दुर्गा घले