२०८३ आश्विन १२

हिमलुङ हिमालमा १० आरोही सम्र्पक बिहीन ।

मनाङ, मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिका अन्र्तगत पर्ने हिमलुङ हिमाल आरोहणमा गएका १० जना आरोही र उनीहरुका १२ सहयोगी सहित २२ जना सम्र्पकबिहीन भएका छन् ।
असोज ८ गतेदेखि ११ गते सम्म परेको अबिर बर्षासंगै परेको हिमपातका कारण मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिका अन्र्तगत पर्ने हिमलुङ हिमाल आरोणका लागि गएका १० आरोही र १२ जना सहयोगी सहित २२ जना सम्र्पक बिहीन भएको मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले जानकारी दिए ।
प्रजिअ खनालका अनुसार सम्र्पकबिही भएको खबर पाउन साथै स्थानिय सुरक्षा कर्मी र काठमाण्डौँसगँ समनवय गरी उद्धार र खोजीका लागि बिज्ञटोली बोकेको हेलिकप्टर उक्त क्षेत्रमा पठाइएको थियो । तर खराब मौसमका कारण हेलिकप्टर उक्त क्षेत्रमा बस्न नसकेपछि उद्धार तथा खोज टोली झारेर हेलिकप्टर फर्कीएको छ । हालसम्म सम्र्पक बिहीन भएकाहरुको अवस्था अज्ञात नै रहेको पनि उनले बताए ।