२०८१ श्रावण १२

नासोंमा सम्पन्न भयो सीप प्रशिक्षण कार्यक्रम

manang vocational training

धारापानी, १९ जेठ । मनाङ जिल्लाको नासों गाउँपालिकामा फेवरिकबाट बनावटी पूmलको माला १ हप्ते र आवास तथा कार्यस्थल सजावटका लागि गुडियादेखि अन्य सजावटका सामान बुन्ने २ हप्ते तालिम समापन भएको छ । उक्त कार्यक्रम नासों गाउँपालिका वडा नं. ४ ओडारमा र वडा नं. ८ ताचैमा जेठ १८ गते एउटा समारोहको आयोजना गरी समापन गरिएको हो ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमका रुपमा होमस्टेको सुबिधा सम्पन्न ओडार गाउँमा घरेलु तथा साना उद्योग कार्यालय र नासों गाउँपालिकाको संयुक्त लगानीमा उक्त तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय मनाङका प्रमूख प्रदिप न्यौपानेले जनाएका छन् । जिल्ला समन्वय समिति मनाङका अध्यक्ष यज्ञप्रसाद घलेको प्रमूख आतिथ्य तथा नासों गाउँपालिकाका प्रमूख चन्द्र घलेसहित निमित्त प्रमूख प्रशासकीय अधिकृत गोविन्दबहादुर रानाभाट, जिल्ला कृषि कार्यालयका प्रमूख केशवप्रसाद वाग्ले, ग्रामीण विकास तथा अनुसन्धान केन्द्र मनाङका अध्यक्ष नवराज पोखरेलको आतिथ्यता रहेको समापन समारोहमा तालिमका प्रशिक्षार्थीहरु प्रमाणपत्र समेम वितरण गरिएको थियो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुको पनि बाक्लो उपस्थिति रहेको समारोहमा अतिथिहरुले तालिमको विषयमा आप्mना सान्दर्भिक मन्तव्य पनि व्यक्त गरेका थिए । अधिकांश बक्ताहरुले यो कार्यक्रम एउटा उदाहरण भएको चर्चा गरे । कार्यक्रममा प्रशिक्षकद्वय पूर्णिमा लम्साल र तेजकुमारीको सीपको प्रशंसा गरिएको थियो । तालिममा नासों गाउँपालिकाका माला बुन्न सिक्नेमा ३५ महिला र डल तथा सजावटका सामान बुन्नेमा २९ स्थानीय महिला सहभागी रहेको थिए ।