मनाङ परिवार दक्षिण कोरिया भिजिट नेपाल २०२० को कार्यक्रम सम्पन्न
कोरिया, २० बैशाख । दक्षिण कोरियामा विभिन्न पेशा वा व्यवसाय गरेर बसोबास गर्दै आएका मनाङीहरुले नेपाल सरकारले मनाउन लागिरहेको ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रबद्र्धनका लागि विशेष कार्यक्रम आयोजना गरे । मनाङ परिवार दक्षिण कोरियाको आयोजनामा यस्तो गतिविधि सञ्चालन गरिएको हो ।
भिजिट नेपाल २०२० लाई लक्षित गर्दै मनाङ परिवार दक्षिण कोरियाले कोरियाको प्रसिद्ध पद मार्ग दोबोङ्सानमा हाइकिङ गरेर प्रबद्र्धन शुरु गरेको मनाङ परिवार दक्षिण कोरियाका अध्यक्ष जेबि. लामाले बताएका छन् । उनले भनेका छन् ‘भिजिट नेपाल २०२० भिजन लाई लक्षित गर्दै नेपालमा पर्यटन प्रवद्र्धन गर्ने र दक्षिण कोरियाका नागरिकलाई नेपालको भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले हामीले यहाँ हाइकिङ कार्यक्रम आयोजना गरेका हौं । अप्रिल २१ तारिखका दिन दोबोङसान पदमार्गमा हाइकिङ गरेर यो कार्यक्रम सम्पन्न गरिएको उनले बताए ।
अध्यक्ष लामाका अनुसार कोरियाको प्रसिद्ध पद मार्गमा भ्रमणमा जादै गर्दा नेपाल र कोरियाको झन्डा प्रदर्शन गरिएको थियो । उक्त कार्यक्रममा नेपालको पर्यटनसम्बन्धी जानकारी दिइनुका साथै नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश दिइएको अध्यक्ष लामाले जानकारी दिए ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्