२०८१ श्रावण १२

गण्डकी प्रदेश, नीति तथा योजना आयोग मनाङमा पनि राय-सुझाव संकल गर्दै

चामे । गण्डकी प्रदेश, नीति तथा योजना आयोगले दोस्रो पञ्चबर्षीय योजना तर्जुमा गर्न हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामेमा जिल्लाका जनप्रतिनिधि विभागीय प्रमुखसंग अनतरक्रिया गरी राय-सुझाव संकलन गरेको छ । मनाङ सदरमुकाम चामेको सिटीहलमा भएको अन्तक्रिया कार्यक्रममा पूर्व श्रम मन्त्री एवं सांसद टेक बहादुर गुरुङले मनाङ पर्यटन, कषि, सडकका साथै २०७८ सालको बाढी पहिरोबाट क्षीग्रस्त भोलीक संरचनाको तत्काल निमाणर् गर्नु पर्नेमा जोड दिए ।

पूर्व राज्यमन्त्री गुरुङले मनाङको परम्परागत र व्यक्तीगत पशुपाल प्रणलीलाई सुधार गरी चौरी, भेडाँ र च्याङग्राको सामुही ( फाम हाउस) मोडलमा शुरु गर्नुपर्ने बताए । त्यसैगरी, खेती प्रणालीलाई पनि सामुही पद्धतीमै रुपान्तरण गरी आलु र लसुको ठूलो परिमाणमा उत्पादन गर्नुपर्ने आवश्यता रहेको बताए । पूर्व राज्यमन्त्री गुरुङले बेसीशहर-चामे सडक सञ्चालन भएको ११ बर्ष बितीसक्दा पनि कालोपत्रै नभएको भन्दै जति सक्दो चाडो कालोपत्रै हुन पर्ने बताए । उसैगरी, मनाङ जिल्ल पर्यटन व्यवसायसंग आबद्ध जिल्ला भएकाले जतिसक्दो धेरै पर्यटक जिल्ला भित्र्याउने र लामो समयसम्म जिल्लामै राख्ने खालका कार्यक्रमहरु र नयाँ नायाँ गन्तब्यहरुको खोजी र निमाणर् आवश्यक भएको पनि बताए।

हाल मनाङ बेसीशहर-चामे सडक र पदमार्ग पनि एउटै भएकाले मनाङ आउने पर्यटकहरुले ठूलो सास्ती खेपीरहेको स्मरण गराउँदै नेपाल सरकारले २०८०/८१ को बजेटमा गण्डकीको पोखरादेखि मनाङसम्म पर्यटन प्रर्वद्धनका लागि पदमार्ग निमाणर् गर्ने उल्लेख गरेको हुनाले सो योजना जतिस्कदो चाडो लागु गर्नुपर्ने बताए । कार्यक्रममा मनाङ जिल्लाका प्रदेश सासंद, तीन गाउपालिकाका प्रमुख, नार्पाभुमी गाउँपालिकाका कार्यकारी प्रमुख र जिल्लामा रहेका विभिन्न विभागीय प्रमुखहरुले आ-आफ्नो धारणा राखेका थिए ।