नेपाली कांग्रेस मनाङको कृयाशिलता बढ्दै
चामे, ३१ भाद्र / नेपाली कांग्रेस मनाङले राजनीति गतिविधिलाई तिब्रता दिने भएको छ । पार्टीको कृयाशिलता बृद्धि गर्र्न पार्टीका जिल्ला तहका नेता तथा कार्यकर्ताहरु जिल्लाभित्र सक्रीय रहन थालेका छन् ।
नेपाली कांग्रेस मनाङका सभापति पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको निर्देशनमा जिल्लाभित्र नेपाली कांग्रेस मनाङको राजनीतिक गतिविधि सूचारु गर्न लागिएको जिल्ला सचिव सुरेन्द्र गुरुङले जानकारी दिएका छन् । उनका अनुसार कोरोना भाईरसको संक्रमणको बेला स्वास्थ्यसम्बन्धी सबै मापदण्ड अपनाएर नेपाली कांग्रेस मनाङले आफ्नो राजनीतिक गतिविधि सञ्चालन गर्न लागिएको हो ।
यसै साताको शुरुदेखि नै पार्टीले नयाँ सदस्यता विस्तार गर्ने तथा पार्टीलाई योगदान दिने सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम समेत सञ्चालन गरिएको नेपाली कांग्रैस मनाङ अर्का सचिव विनोद गुरुङले बताएका छन् । उनका अनुसार सोमवार एक सामारोहको आयोजना गरी नेपाली काँग्रेस जिल्ला कार्यसमिति मनाङले प्रजातान्त्रिक विचार समाज र सामाजिक लोकतन्त्र अध्ययन केन्द्रका अध्यक्ष एवं पदाधिकारीलाई सम्मान तथा बधाई कार्यक्रमको आयोजना गरेको थियो ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्