२०८१ श्रावण १२

मनाङका चलचित्र निर्देशक एवं लेखक गुरुङको निधन

Chheten Gurung

२४ भाद्र / चलचित्र लेखन तथा निर्देशनमा पछिल्लो समयमा क्रियाशिल रहेका मनाङका छेतेन गुरुङको निधन भएको छ । निर्देशक गुरुङको ४२ वर्षको उमेर मंगलवार विहान २ बजे निधन भएको हो ।

उपचारका लागि काठमाडौंको मेट्रो अस्पतालमा भर्ना गरिएका गुरुङलाई लिभरमा समस्या देखिएको र उनलाई आकष्मिक रुपमा भर्ना गरी उपचार भईरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल श्रोतले जानकारी दिएको छ ।

मनाङकै चलचित्र निर्माता विनोद गुरुङ र नोर्बु घलेले निर्माण गरेको चलचित्र डमरुको डण्डीवियो निर्देशन गरेर मनाङका निर्देशकको दर्जा कमाउन सफल स्वर्गीय गुरुङले पछिल्लो समयमा नेपाली कथानक चलचित्र ‘प्र्रेम गीत–३’ को पनि निर्देशन गरेका थिए ।

यसैबीच मनाङका चलचित्र निर्देशक तथा लेखेक छेतेन गुरुङ असामयिक निधनप्रति पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले गहिरो शोक व्यक्त गर्दै मृतक गुरुङप्रति श्रञ्द्धाञ्जली अर्पण गरेका छन् । त्यसैगरी प्रतिनिधि सभामा मनाङ सांसद कर्मा घलेले पनि निर्देशक गुरुङको मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना ब्यक्त गरेका छन् ।

यसैबीच छेतेन गुरुङले निर्देशन गरेको चलचित्र डमरुको डण्डीवियोका निर्माता विनोद गुरुङ र नोर्बुछिरिङ घलेले पनि श्रद्धाञ्जली ब्यक्त गरेका छन् । त्यसैगरी सामाजिक सञ्जालमार्फत गुरुङले निर्देशन गरेको चलचित्र प्रेमगीत ३ को निर्माता आशुसेन फिल्मस परिवारले पनि गहिरो शोक ब्यक्त गरेको छ भने लेखक तथा निर्देशक गुरुङको असामयिक निधनप्रति चलचित्र क्षेत्रका विभिन्न संघ संस्थाहरुले श्रद्धाञ्जली अर्पण गर्दै विज्ञप्तिहरु जारी गरिरहेका छन् ।

विशेष गरी चलचित्रको पटकथा सम्वादमा खारिएका छेतन गुरुङले फिल्म ‘डम्बरुको डण्डीवियो’ बाट निर्देशनमा होमिएका थिए । उनैले निर्देशन गरेको ‘प्रेमगीत ३’ चलचित्र प्रदर्शनमा आउने तयारी भईरहेको बेला उनको निधन भएकोमा यसबाट आफूहरु निकै नै मर्माहत हुन पुगेको निर्माण पक्षले जनाएको छ । निर्देशक गुरुङ अर्को एउटा चलचित्रको निर्देशनको तयारीमा समेत रहेको निकट श्रोतले जनाएको छ । ‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता फिल्मको स्क्रिप्ट लेखनबाट गुरुङ पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रको चर्चामा रहेका थिए ।