२०८१ श्रावण १२

मनाङका फिल्म निर्माता निर्देशकको चलचित्र डमरुको डण्डीवियोले पायो 2 विधामा अवार्ड

Damaruko Dandibiyo Awarded

काठमाडौं, २२ बैशाख । ११ औं डि सिने अवार्डमा मनाङका निर्माता तथा निर्देशकद्वारा निर्मित नेपाली कथानक चलचित्र ‘डमरुको डण्डीवियो’ले बेष्ट जुरी अवार्ड र बेष्ट साउण्ड मिक्सिङ्ग अवार्ड पाउन सफल भएको छ । अवार्ड निर्माता नोर्बु छिरिङ घलेले ग्रहण गरे ।

डि सिने अवार्ड २०७६ को उत्कृष्ट चलचित्र समूहमा पर्न सफल मनाङका फिल्म निर्माता विनोद गुरुङ र नोर्बु घलेद्वारा निर्मित चलाचित्र ‘डमरुको डण्डीवियो’ विभिन्न ८ विधामा मनोनित हुन सफल भएको थियो । मनाङका निर्देशक छेतेन गुरुङले ‘नव निर्देशन’ विधामा मनोनित हुने अवसर पाएका थिए ।

त्यसैगरी उत्कृष्ट पाश्र्व संगीत तर्फ एलिश कार्की, उत्कृष्ट साउण्ड डिजाईनमा मुकेश शाह, उत्कृष्ट चरित्र अभिनेतामा अनुप बराल र उत्कृष्ट सह अभिनेत्री लक्ष्मी वर्देवाले मनोनित हुने मौका पाएका थिए । उत्कृष्ट गायिका तर्पm ‘गन्तव्य कहाँ’ बोलको गीतमा वीद्या तिवारी, गायकका लागि ‘गन्तव्य कहाँ’ बोलकै गीतका लागि रिकेश गुरुङ मनोनित भएका थिए ।

यही बैशाख २१ गते एउटा भव्य समारोहको आयोजना गरेर मनोनित हुने सबै विधाका लागि अवार्ड प्रदान गएिको आयोजक संस्थाले जनाएको छ ।