२०८१ श्रावण १२

डब्लूएचओको दक्षिण–पूर्वी एसिया निर्देशकमा बंगलादेशकी साइमा वाजेद विजयी

who south east asia

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशकमा नेपाल पराजित भएको छ । यो चुनावी परिणामसँगै नेपालले कुटनीतिक पराजय भागेको छ ।

बंगलादेशकी उम्मेदवार साइमा वाजेदसँग नेपालका उम्मेदवारी शम्भुप्रसाद आचार्य पराजित भएका हुन् । वाजेद बंगलादेशका प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् ।

डब्लुएचओ सेरोमा नेपालसहित ११ सदस्यीय राष्ट्र रहेका छन् । ११ देश सदस्य रहेकोमा नेपालले जम्मा दुई मत पाउँदा बंगलादेशले ८ मत पाएको छ । जसमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, उत्तरकोरिया, इन्डोनेसिया, श्रीलंका, थाइल्याण्ड र म्यानमार रहेका छन् । संगठनको हाल क्षेत्रीय निर्देशक पदमा भारतका डा. पुनम क्षेत्रपाल सिंह छन् ।

भारतले दोस्रो कार्यकालमा निर्वाचित हुँदा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाए पनि पूरा गरेन । यसपटकको चुनावमा नेपाललाई सहयोग गर्ने शर्तमा भारतले अघिल्लो दुई कार्यकाल निर्वाचित भएको थियो।