२०८१ श्रावण १२

कामना सिजी अवार्डमा मनाङका निर्माता र निर्देशकको चलचित्र ४ विधामा सम्मानित

Damaruko Dandibiyo

काठमाडौं, २३ पौष / मनाङका निर्माता र निर्देशकका चलचित्र ‘डमरुको डण्डीवियो’ले विभिन्न ४ विधामा ‘सिजी कामना फिल्म अवार्डस् २०७६’ हासिल गरेको छ । चलचित्र ‘डमरुको डण्डीवियो’ ले कथा, नव निर्देशक, सम्पादन र पाश्र्व संगीत विधामा उक्त अवार्ड हासिल गरेको हो ।

निर्णायक मण्डलले स्वतन्त्र र निष्पक्ष अनि विना स्वर्सफोर्स गरेको मूल्यांकनका आधारमा उक्त चलचित्रका ती विधाहरुमा सम्मान प्राप्त गरेको श्रोतले बताएको छ । गत साउनमा अवार्ड प्रदान गर्न चलचित्र र चलचित्रका विभिन्न विधामा घोषित मनोनयनका लागि आव्हान गरिएको विभिन्न २६ विधामा मनोनित चलचित्रहरु मध्येबाट ‘डमरुको डण्डीवियो’ चार विधामा उत्कृष्ट सम्मान प्राप्त गर्न सफल भएको हो ।

सो चलचित्रबाट उत्कृष्ट ५ मनोनयन चलचित्र सूचि सार्वजनिक हुँदा मनाङका निर्माता एवं निर्देशकको चलचित्र डमरुको डण्डीवियो विभिन्न १ दर्जन विधामा मनोनित बन्न सफल भएको थियो । जसमध्ये कथा विधामा खगेन्द्र लामिछाने, नव निर्देशक विधामा मनाङ निर्देशक छेतेन गुरुङ, सम्पादन विधामा निमेष श्रेष्ठ र पाश्र्व संगीत विधामा एलिस कार्कीले उक्त सम्मान हात पार्न सफल भएका थिए ।