२०८१ श्रावण १२

मनाङकी चेली टुरिजम लाईफ टाईम अचीवमेंट अवार्ड २०१९बाट सम्मानित

Gita Gurung - Manang - Awarded

काठमाडौ, ११ असार / ‘आउदै गरेको भिजिट नेपाल २०२०’ लाई लक्षित गरेर राष्ट्रिय पर्यटन पत्रकार संघद्वारा गरिएको एक बहस कार्यक्रममा मनाङकी चेली ‘ठमेल पर्यटन विकास परिषद्’की उपाध्यक्ष गीता गुरुङलाई ‘टुरिजम लाईफ टाईम अचिवमेण्ट अवार्ड २०१९ बाट सम्मानित गरिएको छ ।

नेपालको पर्यटन प्रवर्द्धनमा सक्रीयताका साथ अगुवाई गर्दै आएको तथा नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रबद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

होप नेपालकी अध्यक्ष समेत रहकी उनलाई कार्यक्रमका प्रमूख अतिथि नेपाल सरकारका वन तथा वातरण मन्त्री शक्ति बहादुर बस्नेतले खादा, माला र मेडल सहित सम्मानपत्र दिएर सम्मान गरेका थिए । सम्मानित पर्यटन व्यवसायी गीता गुरुङले यो सम्मानबाट आफुलाई थप जिम्मेवारी थपिएको महशुस भएको बताएकी छिन् ।