२०८३ भाद्र २०
नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
काठमाडौं, २५ भाद्र । नेपाली काँग्रेस जिल्लाकार्य समिति मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्याे । प्रदेश सभा क्षेत्रीय कार्यसमिति समायोजना सम्बन्धमा बुधबार र विहिबार नेपाली काँग्रेस मनाङ सम्पर्क कार्यलय सानोभर्याङ काठमाडौंमा बैठक बसेको थियो ।
उक्त बैठकमा प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर ‘क’ बाट सभापति पदमा साङदो लामा, उप–सभापति पदमा छिरिङ ग्याल्पो पुनेल, कोषध्यक्ष पदमा लक्ष्मी लामा (लमु) र सचिव पदमा बलबहादुर गुरुङलाई सर्वसहमतमा चयन गरियो भने प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर ‘ख’ बाट सभापति पदमा आङ्ग्याल घले, उप–सभापति पदमा सोनम घ्याल्चे घले, कोषध्यक्ष पदमा ओङ्मा घले र सचिव पदमा सोनम लामालाई सर्वसहमतमा चयन गरेको नेपाली काँग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले जानकारी दिए ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्