२०८१ श्रावण १२

नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो

manag pradesh shabha

काठमाडौं, २५ भाद्र । नेपाली काँग्रेस जिल्लाकार्य समिति मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्याे । प्रदेश सभा क्षेत्रीय कार्यसमिति समायोजना सम्बन्धमा बुधबार र विहिबार नेपाली काँग्रेस मनाङ सम्पर्क कार्यलय सानोभर्याङ काठमाडौंमा बैठक बसेको थियो ।

उक्त बैठकमा प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर ‘क’ बाट सभापति पदमा साङदो लामा, उप–सभापति पदमा छिरिङ ग्याल्पो पुनेल, कोषध्यक्ष पदमा लक्ष्मी लामा (लमु) र सचिव पदमा बलबहादुर गुरुङलाई सर्वसहमतमा चयन गरियो भने प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर ‘ख’ बाट सभापति पदमा आङ्ग्याल घले, उप–सभापति पदमा सोनम घ्याल्चे घले, कोषध्यक्ष पदमा ओङ्मा घले र सचिव पदमा सोनम लामालाई सर्वसहमतमा चयन गरेको नेपाली काँग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले जानकारी दिए ।