माथिल्लो मनाङमा नेपाली कांग्रेस जागरण अभियानको शुरुवात
मनाङ, २४ भाद्र / मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिकामा माथिल्लो मनाङस्तरीय विभिन्न कार्यक्रमहरुको आयोजना गरी नेपाली कांग्रेस जागरण अभियानको दोश्रो चरणको कार्यक्रम सञ्चालनको शुरुवात गरिएको छ । नेपाली कांग्रेस मनाङद्वारा विपी स्मृति दिवसको अवसर पारेर उक्त कार्यक्रमको शुरुवात गरिएको हो ।
नेपाली कांग्रेस मनाङले जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र ख अन्तर्गत सो कार्यक्रमको आयोजना गरेको जिल्ला पार्टी सचिव विनोद गुरुङले जनाएका छन् । प्रदेश निर्वाचन क्षेत्र ‘ख’ को केन्द्र रहेको मनाङ ङिस्याङ गाउँपालिकामा एक बैठकको आयोजना गरी नेपाली कांगे्रसका महान नेता विपी कोईरालाको योगदानको चर्चा समेत गरिएको थियो ।
त्यसैगरी उक्त बैठकमा नेपालमा बहुदलीय संसदीय व्यवस्थाको स्थापना भएपछि पहिलो जिल्ला विकास समितिका सभापति पदको निर्वाचनमा नेपाली कांग्रेस पार्टीबाट निर्विरोध निर्वाचित भएका छिरिङ ओग्यल गुरुङको निधनप्रति बैठकका सहभागिहरुले एक मिनेट मौन धारण गरी शोक प्रस्ताव पारित गरेर गुरुङको मृत आत्मको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना समेत ब्यक्त गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्