२०८१ श्रावण १२

डमरुको डण्डीवियो डि सिने अवार्डको ८ विधाको मनोनयनमा

Damaruko Dandibiyo

काठमाडौं, १२ बैशाख / नेपाली सिनेमा क्षेत्रमा चर्चित चलचित्र अवार्डको रुपमा चिनिदै आएको ‘डि सिने अवार्ड–२०७६ को मनोनयन सार्वजनिक भएको छ । ११ औं डि सिने अवार्डमा मनाङका निर्माता निर्देशकले निर्माण गरेको चलचित्र ‘डमरुको डण्डीवियो’ विभिन्न ८ वटा विधामा मनोनित बन्न सफल भएको छ ।

डि सिने अवार्ड २०७६ को उत्कृष्ट चलचित्र समूहमा पर्न सफल मनाङका फिल्म निर्माता विनोद गुरुङ र नोर्बु घलेद्वारा निर्मित चलाचित्र ‘डमरुको डण्डीवियो’ बाट मनाङका निर्देशक छेतेन गुरुङले ‘नव निर्देशन’ विधामा मनोनित हुने अवसर पाएका छन् । त्यसैगरी उत्कृष्ट पाश्र्व संगीत तर्पm एलिश कार्कीले मौका पाएका छन् । डि सिने अवार्डमा ११ औं संस्करणमा उत्कृष्ट साउण्ड डिजाईनमा मुकेश शाह, उत्कृष्ट चरित्र अभिनेतामा अनुप बराल र उत्कृष्ट सह अभिनेत्री लक्ष्मी वर्देवाले मनोनित हुने मौका पाएकी छिन् ।

त्यसैगरी यस वर्षको डि सिने अवार्डको उत्कृष्ट गायिका तर्पm ‘गन्तव्य कहाँ’ बोलको गीतमा वीद्या तिवारी, गायकका लागि ‘गन्तव्य कहाँ’ बोलकै गीतका लागि रिकेश गुरुङ मनोनयनमा पर्न सफल भएका छन् । आगामी बैशाख २१ गते एउटा भव्य समारोहको आयोजना गरेर मनोनित हुने सबै विधाका लागि अवार्ड प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।