२०८१ श्रावण १२

नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो

चामे, ५ जेठ/ नेपाली कांग्रेस मनाङका सक्रीय कार्यकर्ता एवं क्रियाशिल सदस्य पेमाछिरिङ गुरुङका अन्त्येष्टी गरिएको छ । मनाङ ङिस्याङ गाउँपालिका वडा नं. १ पिसाङमा नेपाली कांग्रेस मनाङले पार्टीको झण्डा ओढाएर उनको अन्त्येष्टी संस्कार गरिएको हो ।

मनाङ ङिस्याङ गाउँपालिका वडा नं. १ पिसाङका स्थायी बासिन्दा ४० वर्षीय गुरुङको असामयिक निधनप्रति नेपाली कांगे्रेस मनाङका जिल्ला सभापति पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले गहिरो दुःख ब्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवारप्रति समवेदना ब्यक्त गरेका छन् ।
त्यसैगरी नेपाली कांगे्रसका नेता संघीय संसदमा मनाङका सदस्य कर्मा घलेले पनि पेमा छिरिङ गुरुङको असामयिक निधनप्रति मृत आत्मको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना ब्यक्त गरेका छन् ।

स्थानीय क्षेत्रका विभिन्न सामाजिक गतिविधिहरुमा समेत सक्रीय रहदै आएका नेकांका सक्रीय कार्यकर्ता पेमाछिरिङ गुरुङले गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्पmबाट वडा अध्यक्षको उमेदवारी समेत दिएका थिए ।

सामाजिक दुरी कायम गर्दै सम्पन्न गरिएको उनको अत्यष्टीमा जिल्ला समन्वय समिति मनाङका अध्यक्ष यज्ञबहादुर घले र नासों गाउँपालिका अध्यक्ष चन्द्र घले एवं मनाङ सिङ्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका साथै नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिवद्वय विनोद गुरुङ र सुरेन्द्र गुरुङ सहित जिल्लाका अधिकांश पार्टीसदस्य अनि कार्यकर्ताहरुले श्रद्धाञ्जली दिएका थिए । स्वर्गीय गुरुङका श्रीमती र एक छोरी छन् ।