२०८१ श्रावण १२

मनाङका गीतकार फुर्पा घलेको नयाँ गीत सार्वजनिक

Chandra Surya Song

काठमाडौं, २५ कार्तिक /मनाङका गीतकार फुर्पा घलेको अर्को नयाँ गीत युट्युब मार्फत सार्वजनिक भएको छ । गीतकार घलेद्वारा लिखित ‘चन्द्र सूर्य’ बोलको उक्त गीत केही दिनअघि मात्रै सार्वजिनक भएको हो ।

गीतकार घलेले लेखेको स्वदेश गायन ‘चन्द्र सूर्य’ बोलको गीतलाई गीतकार स्वयम्ले संगीतबद्ध गरेका छन् । किशोर गायक समीर तामाङले गाएको उक्त गीतको म्युजिक भिडियो निर्माण गरेपछि गत शनिवार युट्युब च्यानल ‘मनाङ इन्टरटेनमेन्ट’ मार्फत दर्शकमाझ ल्याईएको गीतकार फुर्पा घलेले जनाएका छन् ।

विशेषगरी राष्ट्रभक्तिले ओतप्रोत उक्त गीतले लाखौं श्रोता तथा दर्शकहरुको मन छुने अनुमान गर्न सकिन्छ । हालै भारत सरकारले नेपालको अतिक्रमित भूभागहरु जोडेर उसको नक्शा सार्वजनिक गरेकोमा नेपालमा भारत विरोधी आन्दोलन चर्किरहेको बेला गीतकार घलेद्वारा लिखित एवं संगीतबद्ध ‘चन्द्र सूर्य’ बोलको उक्त गीत समय सान्दर्भिक भएको श्रोताहरुबाट प्रतिकृया समेत आउन थालेको छ ।