२०८१ श्रावण १२

एनआरएनए आईसिसी सदस्य पदमा दक्षिण कोरियाबाट मनाङकी चेली निर्वाचित

Laxmi Lama Gurung - NRNA

सिउल, दक्षिणकोरिया, ७ असोज /गैरआवासीय नेपाली संघको आईसिसी पदमा (NRNA) दक्षिण कोरियाबाट मनाङ परिवार दक्षिण कोरियाका सदस्य संरक्षक मनाङकी चेली लक्ष्मी (लामा) गुरुङ निर्विरोध निर्बाचित भएकी छिन् । गत आईतवार सम्पन्न सातौं महाधिवेशनबाट उनी उक्त पदमा निर्वाचित भएकी हुन् ।

एनआरएनको आसिसी पदमा निर्विरोध निर्वाचित भएकी गुरुङलाई आफ्ना शुभचिन्तकहरुबाट सफल कार्यकालको शुभकामना तथा बधाई प्राप्त भईरहेको छ । यसैबीच आफूहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्ने सबै शुभचिन्तकहरुलाई नवनिर्वाचित लक्ष्मी गुरुङले धन्यवाद दिदै आफ्नो जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जनाएकी छिन् । NRNA दक्षिण कोरियाको सातौं महाधिवेशन सफल पार्न सहयोगपुर्याउने सबै पक्षलाई समेत उनले धन्यवाद ब्यक्त गरेकी छिन् ।

महाधिवेशनबाट चुनिएका नेतृत्वहरुको सन्दर्भमा लक्ष्मी गुरुङले भनेकी छिन् ‘यो हाम्रो अभियान हो हार जीत हुँदै हुदैन, नेतृत्वका लागि पहिलो दोश्रो भएको मात्रै हो । पहिलो हुने साथिहरुले दोश्रो हुने साथिहरुलाई स–सम्मान साथ र हातेमालो गरेर अगाडी लाग्नु हुने छ भन्ने पुर्न बिश्वास लिएकि छु ।’ उनले अगाडि थपेकी छिन् ‘छैठो कार्यकालमा विभिन्न कठिनाईको बाबजुद पनि हामीले धेरै उपलब्धी, ठुला ठुला कामहरु गर्न त सकेनौं होला तर दुःख, पीँडामा मलम लगाउने काम गरियो, सबैभन्दा ठुलो उपलव्धी एअआरएनएलाई कोरियन सरकारबाट आधिकारिक मान्यता प्राप्त गर्न र क्षत्र बिस्तार गर्न सफल भएका छौं । यो सबै कोरियाबासी नेपालीहरुको साथ र समर्थनले मेरो कार्यकाल सफल बनाई दिनु भाकोमा फेरि पनि हृदयदेखि नै आभार ब्यक्त गर्दछु ।’

त्यसैगरी नवनिर्वाचित एनआरएनए दक्षिण कोरियाबाट आईसिसी सदस्य लक्ष्मी गुरुङले भनेकी छिन् ‘मलाई विश्वास गरेर, मेरो कामको मुल्याङ्कन गर्दै गैरआवासीय नेपाली आइसिसीमा नेतृत्व गराउनु भएकोमा फेरि पनि धन्यबाद ज्ञापन गर्दछु । म जहाँ रहे पनि जस्तो अबस्थामा रहे पनि यहाँहरु बीच रहने छु, यहाहरु प्रति, नेपाली समाजप्रति म सह्रै ऋिणी छु, मैले यो ऋिण तिर्नै पर्छ, म निरन्तर यहाँहरु माझ हुने नै छु ।’