२०८१ श्रावण १२

मनाङ परिवार दक्षिण कोरियामा नयाँ कार्यसमिति गठन

Manang Pariwar - South Korea

सिओल, २ असोज / मनाङ परिवार दक्षिण कोरियाले नयाँ कार्यसमिति चयन गरेको गरेको छ । चयन गरिएको उक्त नयाँ कार्यसमतिमा नौ जना सदस्य रहेका छन् भने ३ जना बरिष्ठ सल्लाहकारहरु समेत मनोनित गरिएको छ ।

मनाङ परिवार दक्षिण कोरियाका निवर्तमान अध्यक्ष जेबी लामाले नवनिर्वातिचत कार्यसमितिका सम्पूर्ण सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिएका छन् । निवर्तमान अध्यक्ष लामाले अधिवेशन सम्पन्न गर्न सहयोगकर्ताहरुलाई धन्यवाद समेत दिएका छन् ।

मनाङ परिवार दक्षिण कोरियाको गत आइतबार सिओलमा सम्पन्न भएको नवौं अधिवेशनबाट अध्यक्ष पदमा बिनराज गुरूङ चुनिएका छन् । त्यसैगरी कार्यसमितिको उपाध्यक्ष कर्मा छेटेन लामा निर्वाचित भएकी छिन् । सोम बहादुर गुरूङ सचिव र राजु गुरूङ उपाध्यक्ष पदको जिम्मेवारी पाएका छन् ।

कोषाध्यक्ष मिङमार लामा र सह–कोषाध्यक्ष काशी गुरूङ रहेको उक्त कार्यसमितिमा सदस्यहरूमा सीता लामा, कल्पना लामा र शिब घले चयन भएका छन् । उक्त अधिवेशनबाट बरिष्ठ सल्लाहकारमा प्रकाश लामा, जीतबहादुर लामा र निमा साङ्गे लामालाई चयन गरिएको छ ।