२०८१ श्रावण १२

घ्यालसुम्दो सेवा समाजमा नयाँ कार्यसमिति

Ghyalsumdo - New Working Comittee

काठमाडौं, २ बैशाख / मनाङ घ्याल्सुम्दो समाज, काठमाडौंको हालै सम्पन्न अधिवेशनबाट प्रेमलाल लामाको अध्यक्षतामा सर्वसम्मतीबाट ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । मनाङको बगरछाप निबासी लामाको अध्यक्षता आगामी दुई वर्षको कार्यावधिका लागि नयाँ कार्यसमिति चयन गरिएको हो ।

अधिवेशनबाट उपाध्यक्ष पदमा चामेका मानबहादुर लामा निर्वाचित भएका छन् भने महासचिवमा चामेबाटै सुनिता घलेलाई चयन गरिएको छ । त्यस्तै सचिवमा चामेकै रविन्द्र लामा र कोषाध्यक्षमा थोंचेका खम्सुङ पुनेल चयन भएका छन् ।

नयाँ कार्यसमितिका सदस्यहरूमा क्रमशः बगरछापका दोर्जे बिष्ट, थोंचेका लोब्साङ लामा, थोंचेकै सुभद्र लामा र बगरछापकी रेणुका लामा निर्वाचित भएका छन् । निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई घ्यालसुम्दो सेवा संस्था अमेरिकाका अध्यक्ष छिरिङराप्के लामाले बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका छन् ।