२०८१ श्रावण १२

घ्यालसुम्दो क्षेत्रको पूजा तथा मेथा कार्यक्रम सम्पन्न

Metha Program

काठमाडौं, २७ चैत्र / विभिन्न पेशा वा व्यवसाय गर्दै राजधानीमा बसोबास गरिरहेका मनाङको घ्यालसुम्दो क्षेत्रका बासिन्दाहरुले स्वयम्भुस्थित गुम्बामा यस वर्षको तीन दिने पुजा तथा मेथा कार्यक्रम समापन गरेका छन् ।

गुम्बामा भेला भएर घ्यालसुम्दो परिवारका सदस्यहरु आपसमा खुशी साटासाट गरेर मनाउने पूजा तथा मेथा संस्कृति विगतदेखि नै चल्दै आएको छ । ग्यालसुम्दो क्षेत्रका बासिन्दाहरुले राजधानीको गुम्बामा सबै वर्ग तथा समुदायको उल्लेखनीय सहभागिता रहेको घ्यालसुम्दो सेवा समाजका कार्यक्रम संयोजक साङ्दो लामाले जानकारी दिए ।

त्यस क्षेत्रका गन्यमान्यदेखि सर्वसाधारणको समेत सहभागिता रहेको उक्त मेथा तथा पूजा कार्यक्रमले घ्यालसुम्दो क्षेत्रको संस्कृति तथा परम्पराको निरन्तरताका लागि ठूलो टेवा पुग्ने संयोजक लामाले बताए । उक्त पूजा र तथा मेथा (तीर खेल्ने) कार्यक्रमले स्थानीय बासिन्दाहरुको पहिचान झल्काउन निकै ठूलो टेवा पुग्ने उनको भनाइ छ ।

फोटो : फुर्बुको फेसबुकबाट