२०८१ श्रावण १२

सामाजिक कार्य गर्दा ठूला चुनौतिहरु पनि आउन सक्छन्, स्वीकार्न तयार छु

Gita Gurung - Socialist

— गीता गुरुङ, बरिष्ठ उपाध्यक्ष :  ठमेल पर्यटन विकास परिषद्

बिक्रम सम्बत २०३८ पौष १२ गते काठमाडौंको ठमेलमा जन्मिएकी गीता गुरुङ यतिबेला अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको पर्यटन क्षेत्र चिनाउने ठमेल पर्यटन विकास परिषद्की बरिष्ठ उपाध्यक्ष पदको कार्यभार सम्हालीरहेकी छिन् । ठमेलमा पर्यटन व्यवसाय गर्दै आईरहेकी गीताका आफ्नै स्वामीत्वमा ट्राभल एजेन्सी र एउटा रेष्टुरेन्ट सञ्चालनरत छ । विगत १६ वर्षदेखि सञ्चालन गरिदै आएको उनको रेष्टुरेण्ट ‘बुद्ध बार एण्ड रेष्टुरेण्ट’को नामले चिनिन्छ भने उनले सञ्चालन गर्दै आएको ट्राभल एजेन्सी पनि विगत ६ वर्षदेखि निरन्तर चलिरहेको छ । ठमेलकै पर्यटन व्यवसायी भएको नाताले गीता गुरुङ ठमेल पर्यटन परिषद्को नेतृत्व गर्न पुगेकी हुन् ।

विगत ५ वर्षअघि स्थापना भई सडक बालबालिलकाहरुका लागि काम गर्दै आईरहेको ठमेलकै समाज सेवा संस्था ‘रेज अफ होप नेपाल’की अध्यक्ष, विगत ११ वर्षदेखि दृष्टि विहिन बालबालिकाहरुको आवास तथा शिक्षा तथा अन्य सुविधाहरु उपलब्ध गराउँदै आएको अर्को संस्था त्रिनेत्र फाउण्डेशनकी महासचिव, त्यसैगरी उत्पादनशिल क्षेत्रमा काम गर्दै आएका तर उन्नति हासिल गर्न नसकेका महिलाहरुको उत्पादन क्षमता र बजारीकरणका लागि काम गर्दै आईरहेको संस्था नेपाल एक्टिभ उमेन अर्गनाईजेशनमा सचिव पदको जिम्मेवारी वहन गर्दै आईरहेकी गीताले अर्को महिलाहरुको सेवा क्षेत्रमा क्रियाशिल संस्था ‘मनाङ उमेन इम्पावरमेन्ट ग्रुप’ नामक सामाजिक संस्थामा समेत सञ्चालक समितिको सदस्यमा रहेर समाज सेवा गर्दै आईरहेकी छि ।

हालै एउटा आमसञ्चार संस्थाबाट नेपालको पर्यटन उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा टेवा पुर्याउन दिएको योगदानको कदर गर्दै प्रदान गरिएको ‘लाईफ टाईम टुरिजम अवार्ड’द्वारा सम्मानित भएकी गीता गुरुङले यसअघि पनि अन्य विभिन्न संस्थाहरुले प्रदान गर्ने थुप्रै सम्मान तथा कदरपत्रहरु प्राप्त गरिसकेकी छिन् । एसियाका केही देशहरु सहित युरोपको भ्रमण गरेकी गीता गुरुङले नेपाली पर्यटन बजार विकास गर्ने बारेमा पनि राम्रै अनुभव हासिल गरेकी छिन् । प्रस्तुत छ: हालै सम्पन्न ठमेल पर्यटन विकास परिषद्को अधिवेशनमा बरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएर कार्यभार सम्हालेकी गीता गुरुङसँग ठमेल पर्यटनको सेरोफेरोमा केन्द्रित रहेर मनाङ अनलाईनका प्रधान सम्पादक लक्ष्मण बजगाईले गरेको कुराकानीको सम्पादित अंश :

हालै मात्र सम्पन्न ठमेल पर्यटन विकास परिषद्मा वरिष्ठ उपाध्यक्ष पदको जिम्मेवारी सम्हाल्नु भएको छ, यो जिम्मेवारीलाई कुन रुपमा लिनु भएको छ ?

म यो संस्थाको कार्यसमितिका विभिन्न जिम्मेवारी लिएर कार्यभार पुरा गर्दै आएको ६ वर्ष भएको छ । यो अवधिमा मैले गरेका कामको मूल्यांकन गरेर यस संस्थामा आबद्ध सदस्यहरुको बहुमतले अहिलेको यो वरिष्ठ उपाध्यक्ष पदमा मलाई ल्याएको छ र जिम्मेवारी पूरा गर्न आदेश दिएको छ, समय सापेक्षित रुपमा विधि विधान हेरेर मैले गर्न सक्ने र गर्नु पर्ने काम मेरो उच्च प्राथमिकतामा हुनेछन् । सक्रीयतापूर्वक मेरो जिम्मेवारी पूरा गर्न म कटिबद्ध हुनै पर्छ । नत्र मैले नेतृत्वमा आउनुको कुनै अर्थ रहदैन । यस संस्थाको कार्यसमितिमा आएर काम गर्दै आएको ६ वर्षको अनुभवमा केन्द्रित रहेर मैले यो संस्थाको भावना र मर्म अनुरुप काम गर्नु पर्छ ।

ठमेल पर्यटन विकास परिषद्मा प्राप्त भएको यो जिम्मेवारी कतिको चुनैतिपूर्ण ठान्नु भएको छ ?

मैले यो संस्थाको मैले पाएको पद र यहाँ बसेर सम्पादन गर्नु पर्ने कार्यहरुलाई एकदम चुनैतिपूर्ण रहेको ठान्दै आएकी छु । यहि चुनौतिलाई सामना गर्ने दृढ अठोट लिएर मैले यस संस्थामा नेतृत्व गर्ने साहस गरेँ । साथीहरुले मलाई यहाँसम्म आउनु साथ दिनु भयो भने अब यस संस्थाको प्रकृति र पद्दति अनुरुप सञ्चालन गर्ने गतिविधिहरुमा मैले अगाडि सार्ने कार्यक्रमहरुमा पनि यस संस्थामा आबद्ध साथीहरुले साथ दिनु हुनेछ भन्ने आशा गरेकी छिन् ।

यो संस्थामा पदीय जिम्मेवारी वहन गर्ने प्रकृयाको बारेमा केही जानकारी गराईदिनु होस् न ?

हामी यो संस्थामा संस्थागत काम गरेर देखाउने उत्साह लिएर आएका हौं । मैले यस संस्थाको कार्यसमितिमा बसेर काम गर्दै आएको ६ वर्षको अनुभवमा यहाँ पद अनुरुप कार्य विभाजन गरेर जिम्मेवारी दिईएको हुन्छ । आप्mनो भागमा परेको कार्यभार पूरा गर्नुपर्ने जिम्मेवारी आपूmले पुरा गर्नेछु ।

विगतमा यहाँले यो ठमेल पर्यटन परिषद्मा कस्तो भूमिकामा काम गर्दै आउनु भएको थियो ?

मैले विगतमा ठमेल क्षेत्रमा महिला तथा बालबालिकाहरुको हित र व्यवस्थापनको जिम्मेवारी पाएकी थिएँ । ठमेल क्षेत्र देशकै संवेदशिल क्षेत्र मानिन्छ । यहाँ महिलाहरुको सवालमा पनि निकै चुनौतिपूर्ण काम गर्नु पथ्र्यो । विदेशी पाहुनाहरुको सेवामा देखिएका समस्या, पर्यटन सेवाका नाममा हुने महिलाहरुले भोग्नु पर्ने विभिन्न अनैतिक कृयाकलाप, महिला हिंसा, महिला मजदूरहरुले भोग्नु पर्ने शारीरिक र मानसिक हिंसा, बालबालिका र सडक बालबालिकाहरुले ल्याउने समस्याहरुलाई हामीले सम्बोधन गर्नु पथ्र्यो । यसमा मैले सकेजति काम गरेर देखाएँ भन्ने लाग्छ । त्यही भएर मलाई यस संस्थामा आबद्ध सदस्य साथीहरुले बहुमत दिएर यो पदको जिम्मेवारी दिएका हुन् भन्ने मलाई लागेको छ ।

सडक बालबालिकाहरुका लागि यहाँले कसरी काम गर्नु भएको हो ? छोटकरीमा बताइदिनुहोस् न ?

ठमेल प्रवेश गर्ने विदेशी पर्यटकहरुको आँखामा यहाँका सडक बालबालिकाहरु पर्ने गर्थे । सडक बालबालिकाहरुको अवस्था यहाँ स्पष्ट रुपमा प्रदर्शन हुन्थ्यो । कसैले लुकाएर लुक्ने कुरा थिएन । यो विदेशी पर्यटकहरुले कुन रुपमा हेर्थे ? अथवा उनीहरुमार्फत विश्वमा नेपालको बालबालिको अवस्था कसरी प्रस्तुत हुन्थ्यो ? निकै ठूलो चिन्ताको अवस्था थियो । यो अवस्थालाई हेरेर हामी सडक बालबालिकाहरुलाई सुधार गर्न र व्यवस्थापन गर्न विभिन्न किसिमका गतिविधिहरु सञ्चालन गर्यौँ। हामीले ती बालबालिकाहरुको खानपानदेखि पुनरोत्थान गर्न सुधार गृहमा लैजानेसम्मको काम गरेका छौं । जे होस्, संस्थाले दिएको जिम्मेवारीलाई सफलतापूर्वक पुरा गरेँ भन्ने लागेको छ ।

यस संस्थामा विगतदेखि काम गरेको अनुभवमा यहाँको भौतिक अवस्थालाई कसरी हेर्दै आउनु भयो ?

बढी विदेशीहरुको ओहोरदोहोर हुने क्षेत्र भएकोले यो ठमेल क्षेत्रमा देखिने नकारात्मक पक्षले विदेशमा नराम्रो सन्देश जान्छ । यसका लागि यहाँको भौतिक अवस्था पनि एउटा सम्वेदनशिल अवस्था हो । यही मान्यतालाई आत्मसाथ गरेर हाम्रो यही संस्थाले यहाँको ढल, खानेपानी, यातायात, सञ्चार, बजार व्यवस्थापनलगायत अन्य अवस्थालाई चुस्त दुरुस्त राख्ने सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र भौतिक रुपमा संस्थागत सहभागिता जनाउने काममा पनि हामी निरन्तर अग्रसर रह्यौं ।

ठमेल पर्यटन परिषद्को वर्तमान कार्यसमितिले यहाँलाई कस्तो जिम्मेवारी दिदै छ ?

मैले विगतमा काम गरेको आधारमा अझ बढी चुनौतिपूर्ण काम गर्ने अभिरुचि छ । पर्यटन क्षेत्रमा प्रचारको खाँचो छ, ठमेलमा प्रदर्शन गरिने प्रचारात्मक कार्यक्रमले विदेशमा नेपालको पर्यटन प्रबद्र्धन हुन सक्छ । यसका लागि यस ठमेल क्षेत्रमा प्रदर्शनमूखि गतिविधिहरु सञ्चालन गर्नु पर्दछ । यो विगतदेखि नै ठमेलले यस्ता क्रियाकलापहरु सञ्चालन गर्दै आईरहेको छ । त्यसमा पनि आगामी वर्ष नेपालले धेरै पर्यटन नेपाल भित्राउने उद्देश्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउन लागि रहेको छ । त्यसलाई प्रबद्र्धन गर्न हामी यस्ता सांस्कृतिक गतिविधिहरु सञ्चालन गर्ने तयारीमा छौं । मलाई पनि यही क्षेत्रको जिम्मेवारी दिईएको छ । यसलाई पूरा गर्न रचनात्मक ढंगबाट अगाडि बढिरहेकी छु ।

फेरि एक क्षण हालै सम्पन्न पर्यटन परिषद्कै निर्वाचनतिर फर्कौं, ठमेल पर्यटन परिषद्का सदस्यहरुले गीता गुरुङलाई नै मतदान गर्नुको कारण के हो जस्तो लाग्छ यहाँलाई ?

मैले सडकमा नै उत्रिएर यहाँको व्यवस्थापनका लागेका गर्दै आएको कामको उचित मूल्यांकन भएकै हो भन्ने मलाई लाग्छ ।

अगाडि पनि भनियो, विश्व पर्यटनले नेपालको पर्यटन बजारको रुपमा चिन्ने क्षेत्र यो ठमेल हो र यो निकै सम्वेदनशिल छ भनेर, यहाँका काम गर्न अन्य सामाजिक संस्थाहरुलाई जस्तो सजिलो छैन, यो सबैले मान्ने गरेका छन् । यो विषयलाई अर्थात यो चुनौतिलाई कसरी सामना गर्छु भन्ने सोच्नु भएको छ ?

हालै सम्पन्न भएको हाम्रो संस्थाको निर्वाचन पनि निकै ठूलो चुनौतिपूर्ण थियो । त्यसमा मैले उम्मेदवारी दिएको पदमा निकै ठूलो प्रतिष्पर्धा थियो । यसमा पनि मलाई मतदाताहरुले विजय गराईदिनु भयो । मलाई पदभार थमाई दिनुभयो । अब संस्थाले अगाडि सारेको काममा मैले एक्लै लड्नु पर्छ भन्ने होइन । उहाँहरुले पनि साथ दिनुहुन्छ । जसरी मलाई उहाँहरुले मत दिएर जिम्मेवारी थमाउनु भयो त्यसरी नै चुनौतिको सामना गर्न उहाँहरुले साथ दिनु हुन्छ भन्ने मलाई लागेको छ । मैले एउटा पदीय नेतृत्व गर्ने र दिलोज्यान दिएर अगाडि बढ्ने हो ।

ठमेल क्षेत्रको सवारी आवागमनको अवस्थालाई यहाँले कसरी हेर्नु भएको छ ?

यो ठमेल क्षेत्रमा सवारी आवागमनमा विगत दिनहरुमा देखिएको समस्यालाई अब जसरी भए पनि नियमित गर्नु पर्छ भन्ने मलाई लागेको छ । यहाँका घरधनीहरु, सरोकारवालाहरु र पर्यटन व्यवसायीहरुसँग छलफल तथा बहस गरेर सम्बन्धित निकायहरुलाई यस क्षेत्रमा ध्यानाकर्षण गराउदै वैज्ञानिक तरिकाले समयको माग अनुसार सडक आवागमन व्यवस्थित गर्नु पर्छ । यसका लागि ठमेल पर्यटन परिषद्ले केही क्रियाकलाप त अवश्य गर्नेछ ।

अब अलिकति फरक विषयमा कुरा गरौं न, यहाँ हिमाली जिल्ला मनाङकी चेली हुनुहुन्छ, ठमेल पर्यटन विकास परिषद् जस्तो महत्वपूर्ण संस्थामा नेतृत्वमा आउनु भएको छ, यहाँको यो कदमलाई मनाङबासीहरुले कसरी लिनु भएको छ ?

मेरो बाबा मनाङमा नै जन्मिनु भएको हो । उहाँले यस्ता सामाजिक कार्यक्रमहरुमा सदैव नजिक रहेर काम गर्नु भयो । उहाँ जहिले पनि सकारात्मक सोच लिएर काम गर्नु हुन्छ । उहाँबाट निकै प्रभावित भएर र उहाँकै पे्ररणाबाट म सामाजिक क्षेत्रमा क्रियाशिल रहेकी छु । मेरो बाबा मनाङबासीहरुमाझ निकै परिचित हुनुहुन्छ । उहाँकै छोरी हुनुको नाताले मनाङबासीले मैले गरेको कामलाई सह्राना गर्दै आउनु भएको छ । पासाङ गुरुङकी छोरीले पासाङ गुरुङकै जसरी काम गरिरहेकी छिन् भनेर भन्ने गर्नु भएको छ । म मनाङबासी आमाबुबा, दाजुभाई दिदीबहिनीहरुको साथ र हौसलाले सामाजिक क्षेत्रमा यसरी काम गर्न सफल हुदै आएकी छु ।

यहाँ त एउटी छोरी मात्रै नभएर अर्को घरकी बुहारी पनि हुनुहुन्छ, घर परिवारको यहाँप्रति हुने व्यवहार कस्तो पाउनु भएको छ ?

म अहिले जुन स्थानमा छु, जहाँ आईपुगेको छु, त्यो मेरो परिवारको साथ र सहयोगले हो । बुहारीले चुल्होमा मात्रै सीमित हुनु पर्छ, घरबाहिर निस्किन हुदैन भनेर मेरो श्रीमान् र उहाँको परिवारले भनेको भए म यहाँसम्म आउन सक्ने थिइँन । सासुबाट पनि धेरै सहयोग प्राप्त हुदै आएको छ मलाई । हालै सम्पन्न निर्वाचनमा मेरा श्रीमान्ले २४ घण्टा खटिएर मलाई सघाउनु भयो । सामाजिक सेवामा मेरो सक्रीयताको पछाडि मेरो परिवारको ठूलो हात छ ।

ठमेल पर्यटन विकास परिषद्को नेतृत्वलाई मनाङीहरुको उत्साह चाँहि कस्तो पाउनु भएको छ त ?

ठमेल पर्यटन विकास परिषद्मा अहिलको निर्वाचनमा मनाङका ३ जनाले नेतृत्व पाएका छौं । ठमेलमा पर्यटन व्यवसाय गर्ने दाजुभाई दिदीबहिनीहरु यति ठूलो संख्यामा आउनु अर्थात ठमेल पर्यटन विकास परिषद्को कार्यसमितिमा जति जना पदाधिकारीहरु हुनुहुन्छ, त्यसमा ३ जना मनाङकै हुनु यो संख्या उल्लेखनीय हो ।

मनाङको राजनीतिमा नेतृत्व गर्दै आउनुभएका नेताहरुले यहाँको सामाजिक विकासमा कतिको पे्ररित गर्दै आउनु भएको पाउनु भएको छ ?

एकदमै पे्ररणा दिनु भएको छ । यो परिषद्को हालै सम्पन्न निर्वाचनमा हामीलाई सघाउन र निर्वाचित भईसकेकेपछि पनि हामीलाई बधाई तथा सफल कार्यकालको शुभकामना जिल्लाका सबै जसो नेताहरुले दिनु भएको छ । यसबाहेक पनि उहाँहरुले हामीले अगाडि सार्दै आएका राम्रा कामलाई प्रोत्साहन दिने गर्नु भएको छ ।