तिमाङको छहराको पुल निर्माण भई केहि दिन भित्रै सडक सञ्चालनमा अउने
चामे, १० श्रावण । तिमाङ छहाराको पुल निर्माण भई छिटै सडक सञ्चालनमा अउने भएको छ । केहि साता अघि मनाङ जिल्लामा आएको अविरल बर्षाका कारण चामे गाउँपालिका वडा नं. १ तिमाङ स्थित छहरामा अएको बढीले बगाएको पुल अव केहि दिन भित्रै सञ्चालनमा आउने भएको हो ।
मनाङ जिल्लाका प्रतिनिधि सभा सदस्य एवं पुर्व श्रम तथा रोजगार राज्यमन्त्री माननीय टेक बहादुर गुरुङको विषेश पहलमा उक्त पुल छिट्टै सञ्चालनमा आउने भएको सांसद गुरुङका स्वकीय सचिव सोनम लामाले जानकारी दिएका छन् । स्वकीय सचिव लामाका अनुसार केहि साता अघि मनाङ जिल्लामा अविरल वर्षाका कारण पुल नै बगाएको खबर पाएपछि माननीय टेक बहादुर गुरुङको प्रतिनिधित्वमा प्रदेश सभा सदस्य मा. मुनिन्द्र जंग गुरुङ सडक डिभिजन कार्यालय दमौलीका प्रमुख सिडिई पशुपती ज्ञावली, डुम्रे बेसीशहर चामे सडक योजनाको प्रमुख किरण पोख्रेल, मनाङ मर्स्याङदी जलबिद्दुत आयोजनाका प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकाय प्रमुख एवं प्रतिनिधि सहितको टोलि लिएर तिमाङको छहरा स्थित उक्त पुल तथा बेसिसहर-चामे सडक निरिक्षण गर्न गृह जिल्लामै पुग्नु भएको थियो ।
निरिक्षणकै क्रममा संसद गुरुङले यथाशिघ्र उक्त छहरामा अस्थायी पुल निर्माण गरि सडक सुचारु गर्न निर्देशन दिनु भएको थियो । सांसद गुरुङकै निर्देशन अनुसार अब केहि दिन भित्रै उक्त छहरामा अस्थाई पुलको निमौण भई सडक सञ्चालनमा आउने भएको हो ।
प्रतिक्रिया दिनुहोस्