२०८१ श्रावण १२

ठमेल पर्यटन विकास परिषदमा मनाङका तीन जनाको नेतृत्व

Thamel Tourism Development Council - Members

काठमाडौं, २७ जेठ / निकै नै महत्वका साथ हेरिएको राजधानीको ठमेल पर्यटन विकास परिषद्को हालै सम्पन्न निर्वाचनबाट मनाङका तीन जना पर्यटन व्यवसायीले नेतृत्व पाएका छन् । परिषद्को उपाध्यक्ष पदमा मनाङकी गीता गुरुङले विजय हासिल गरेकी छिन् ।

त्यसैगरी परिषद्का कार्यसमितिका ८ सदस्यहरुमध्ये दुई जना मनाङका पर्यटन व्यवसायीहरु रहेका छन् । मनाङका रुपेश गुरुङ र कर्मा घलेले गत जेठ २५ गते सम्पन्न परिषद्को निर्वाचनमा कार्यसमिति सदस्य पदमा विजयी प्राप्त गरेका हुन् । ठमेल पर्यटन विकास परिषद्लाई पर्यटन क्षेत्रको एउटा खम्बाको रुपमा हेर्ने गरिएको छ ।

ठमेल पर्यटन विकास परिषद्मा गत शनिवार सम्पन्न नयाँ कार्यसमिति चयन गर्ने प्रकृयालाई पर्यटन क्षेत्रको चासोका साथ हेरिएको थियो । परिषद्को यो निर्वाचनबाट अध्यक्ष सहित १५ सदस्यीय नयाँ कार्यसमिति निर्माण भएको छ । विजयी नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना आउने क्रम जारी रहेको परिषद् श्रोतले जनाएको छ ।