२०८३ आश्विन ५

गुरुङ सञ्चारकर्मी संघको अध्यक्षमा चित्र गुरुङ ।

काठमाडौं, तमू (गुरुङ) सञ्चारकर्मी संघको अध्यक्षमा चित्र सोल्टी गुरुङ चयन भएका छन् । मादी गाउँपालिकाको सिक्लेसमा भएको संघको छैटौं राष्ट्रिय महाधिवेशनले चित्रको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।
नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा अनिता गुरुङ, महासचिवमा केशब गुरुङ, सचिवमा दानबहादुर गुरुङ र कोषाध्यक्षमा रत्ना गुरुङ चयन हुनुभएको छ । सोहीअनुसार सदस्यहरुमा क्रमशः विवर गुरुङ, किरण गुरुङ, रामबहादुर गुरुङ र बेदबहादुर गुरुङ (विवेक) चयन भएका छन् ।
वरिष्ठ पत्रकार एवं फोनिज ( नेपाल आदिवासी जनजाति पत्रकार महासंघ) का पूर्व अध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा रहेको निर्वाचन समितिले नयाँ कार्य समिति चयन गरेको हो । संघको अधिवेशन मादी गाउँपालिकाको सिक्लेसमा असोज ३–४ सम्म भएको थियो ।