२०८१ श्रावण १२

मनाङका ३ नेतालाई संविधान सभा पदकसहित सम्मान

काठमाडौं, १६ जेठ । नेपाल सरकारले प्रदान गर्ने ‘संविधानसभा पदक’ मनाङ जिल्लाका ३ नेताले हासिल गरेका छन् । पहिलो संविधान सभाका दुई सदस्य पूर्वमन्त्री देवप्रसाद गुरुङ र मनोनित तर्पmबाट संविधिान सभा सदस्य निमा लामालाई उक्त पदकसहित सम्मान प्राप्त भएको छ भने दोश्रो संविधान सभामा मनाङका सदस्य पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले संविधानसभा पदक सहित सम्मान पाएका छन् ।

विहिवार विहान ५ बजेदेखि राष्ट्रपति भवनमा पदक वितरण सभारोहको आयोजना गरिएको छ । गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको यस वर्षको संविधान सभाबाट संविधान लेख्ने कार्यमा महत्वपूर्ण योगदान दिएका नेताहरुलाई पदक वितरणसहित सम्मान गरिएको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो र दोस्रो संविधानसभाका सभासदहरुलाई पदकसहित सम्मान गरेकी हुन् ।

सम्मानित हुनेहरुमा राष्ट्रपति भण्डारी आफैं, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री उपेन्द्र यादव लगायतका नेताहरु छन् । यसैगरी पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र सुशील कोइरालाको नाम पनि सम्मानित हुनेहरुको सूचीमा छ ।

संविधानसभा पदक वितरणका लागि गृह मन्त्रालयले १ हजार १ सय ९ जनाको नामावली सार्वजनिक गरेको थियो । यो कार्यक्रम १६ गते विहिवार दिनभरी सञ्चालन हुने बताईएको छ ।