२०८१ श्रावण १२

गण्डकी प्रदेशका सांसद नेपालीद्वारा श्री तिलिचो सहकारी भवन उद्घाटन

धारापानी, २७ बैशाख । मनाङ जिल्लाको नासों गाउँपालिकाको ताचै बगरछापमा सञ्चालनरत श्री तिलिचो महिला बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको भवन उद्घाटन भएको छ । उक्त भवन एउटा समारोहको आयोजना गरी प्रमूख अतिथि गण्डकी प्रदेशका सांसद कृष्णचन्द्र नेपालीले उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन समारोहलाई सम्वोधन गर्दै प्रमूख अतिथि सांसद नेपालीले मनाङमा आर्थिक विकासको थुप्रै सम्भावना रहेको धारणा ब्यक्त गरे । गण्डकी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका नेपालीले आर्थिक विकासमा महिलाहरुको भूमिका निकै ठूलो हुने भन्दै मनाङ जिल्लाका महिलाहरुमा देखिएको लगनशिलता र आत्मबल निकै प्रशंसनीय रहेको बताए ।

कार्यक्रम गण्डकी प्रदेशमा मनाङ ‘क’ बाट निर्वाचित सांसद चिन्ताबहादुर घलेले श्री तिलिचो महिला बहुद्देश्यीय सहकारी संस्थाले यहाँका महिलाहरुलाई उद्यमी बनाउन विशेष कार्यक्रम सञ्चालन गर्दै आएकोमा यसले आगामी दिनमा अझ बढी सेवा बृद्धि गर्न सक्ने विश्वास ब्यक्त गरे ।

बैशाख २५ गते सम्पन्न उक्त भवन उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका अध्यक्ष यज्ञप्रसाद घले, नासों गाउँपालिका अध्यक्ष चन्द्र घले, प्रशासकीय अधिकृत सुमन अधिकारी, वडा जनप्रतिनिधिहरुका साथै स्थानीय शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजिबी, विभिन्न गाउँका आमा समुहका अध्यक्षहरू, सहकारी संस्थाका अध्यक्षहरू लगायत स्थानी क्लबका सदस्यहरुको समतिे उल्लेखनीय उपस्थिति रहेको थियो ।