२०८१ श्रावण १२

संघीय सांसद पोल्देन छोपाङको दादागिरी शैली

Polden Chhopang Gurung

गत असार १ गते देखि मनाङ जिल्लामा बाढी पहिरोले जिल्लाको चामे, नासोङ गाउँपालिका लगायत धेरै भागमा क्षती पुर्‍याएको र सडक अस्तव्यस्त भई एक वडाबाट अर्को वडासम्म जन समेत सम्भव नभएकोले अहिलेसम्म पनि जिल्ला वासीहरुका लागी राहत वितरण र जिल्लामा अड्केका वृद्धवृद्धा, विरमि, अशक्त, अस्वस्थ र विद्यार्थीहरुलाई उद्धार गर्ने कार्यक्रम भइरहेको छ ।

यसै क्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति मनाङका सचिव सुरेन्द्र गुरूङ तथा नेपाली काँग्रेस मनाङ निर्वाचन क्षेत्र नं ख का सचिव सोनम लामा, र मनाङ समाजका प्रतिनिधिहरु लगायतका टोली गत १ महिना देखि बेशीशहरमा रहि नेपाली सेनाको हेलिमार्फत जिल्ला भरको १६३५ घरधुरीकालागी लागभग ३८ लाख बराबरको राहत सामाग्री पूर्व श्रम तथा रोजगार राज्यमन्त्री एवं नेपाली काँग्रेस मनाङका सभापति टेक बहादुर गुरुङ, संघिय संसद कर्म घले र प्रदेश सभा संसद चिन्ता बहादुर घलेको निजि लगानीको राहत सामाग्री पठाई मनाङ समाजका प्रतिनिधिहरु संगै मनाङ समाजसेवा समिति र भ्राका समाजको  राहत सामग्रीहरू पठाउनको लागी दिनरात खटेर सहयोग गर्दै आईरहेका छन् ।

राहत पठाउने क्रममा प्रतिनिधि सभा सांसद पोल्देन छोपाङ गुरूङले कम्प्रेसर मेशिन र डिजेल लिई नेपाली सेनाको हेलिकप्टर मार्पmत कुनै जानकारी बिना अचानक भ्राताङ पठाउन खोजेपछि नेपाली काँग्रेस मनाङका सचिव सुरेन्द्र गुरूङसँग सामान्य विवाद भएको सचिव गुरुङले जानकारी दिए । सचिव सुरेन्द्र गुरुङका अनुसार त्यसबेला हेलिमा मनाङ समाज सेवा समितिका राहत सामग्री पठाउनको लागि तयार गरि राखिएको थियो । तर सांसद पोल्देन छोपाङले एक्कासी गुण्डा शैलीमा सामग्री लोड गरेर भ्राताङ पठाएका थिए । त्यसलगत्तै उक्त हेलि खराब मौसमको कारणले चामेमा २ दिन सम्म रोकिनु पर्‍यो । राहत वितरणका लागी बेशीशहर पुगेका मनाङ समाज सेवा समितिका सदस्यहरूको टोली काठमाण्डौ फर्कनु पर्‍यो । ‘यदि संसद पोल्देन छोपाङले सल्लाह गरेको भए उहाँलाई नै प्राथामिकतामा राखि पठाईन्थ्यो विवाद नै हुने थिएन तर गुण्डा शैलीमा धम्काएर पठाए । यस अघि पनि राहत पठाउने क्रममा मनाङको सि.डि.ओ.ले भनेर राहतको सामग्री राखेर ग्यापिङ जालीलाई प्राथामिकतामा राखेर २ ट्रिप पठाएकै हो’ सचिव गुरुङले भने । पूर्व श्रम तथा रोजगार राज्यमन्त्री एवं नेपाली काँग्रेस मनाङका सभापति टेक बहादुर गुरूङ, संघीय संसद कर्म घलेले गृह मन्त्रालयबाट मनाङ जिल्लामा राहत ढुवानीका लागि नेपाली सेनाको हेलिकप्टर उपलब्ध गराएका थिए । ‘सांसद पोल्देन छोपाङले आफ्नो मर्यादा पनि बिर्सेर आफ्नो फेसबुक पेजबाट उल्टै नेपाली कांग्रेसका कार्यकर्ताहरूले सामग्री पठाउन अबरोध गरेको साथै चामेको बिद्यालय र झोलुङ्गे पुल पनि कांग्रेसकै कारणले लगेको भनेर झुटो आरोप लंगाउदै पोष्ट गरेका छन् । सांसद जस्तो ब्यत्ति यदि तल सम्म गिरेर झुटो आरोप लगाउनु खेद जनक छ । यस्तो बिपत्तीको बेला आरोप प्रत्यारोप लगाउनु भन्दा सबै मिलेर जानु नै उत्तम हुने छ । चामेको पुलमा बाढि पहिरोले अडकाएको काठ, मुढाहरू एक महिना वित्दा पनि आफ्नो स्काईभेटर भ्राताङमै राखे । स्कुलको कम्पाउण्ड र झोलुङगे पुल बगाउनु अघि नै स्काईभेटर ल्याएर काम गराएको भए झोलुङगे पुल र स्कुलको कम्पाउण्ड बच्ने थियो । आफ्नो स्काईभेटर भ्राताङमै राख्ने र चामेमा नल्याउने तर झोलुङगे पुल र स्कुलको कम्पाउण्ड बगाएको उल्टै कांग्रेसलाई दोष दिने सांसदको चरित्र आंफै खुल्छ’ सचिव गुरुङले बताए । पुर्व मन्त्रि टेक बहादुर गुरूङ, संघिय संसद यशोदा सुवेदी र नेपाली सेनाको कर्नेल ईन्दबिर गुरूङको कमाण्डमा प्राबिधिक टोलील्याई क्षति भएको ठांउहरूको अनुगमन पश्चात् नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरूको सहयोगमा पानीलाई पुरानै धारमा फर्काउन सफल भएका थिए । त्यसपछि मात्र सांसद पोल्देन छोपाङ गुरुङले आफ्नो स्काईभेटर चामे ल्याएर सामान्य कामहरु गराएका थिए ।

सचिव गुरूङले आफुले जिल्लाको लागि कुनै स्वार्थ नराखि काम गर्दा गर्दै माननीय जस्तो ब्यत्तिले आफुलाई उल्टो आरोप लगाएर आफ्नो फेस बुक पेजमा स्टाटस लेखेकोमा यसरी दुख ब्यत्त गरे- ‘आफु पदमा छु मैले जे गरे हुन्छ जे लेखे हुन्छ भन्ने सोच लाई सवैले त्याग्नु जरूरी छ । सम्मानित व्यक्ति लाई सम्मान दिनु पर्छ । मानव भए पछि मानविय व्यवहार देखाउनु पर्छ । यो सामान भ्राताङ पुर्‍याउनु अर्जन्ट छ भाईहरू भनेर सल्लाह गरेको खण्डमा निश्चय नै प्राथामिकता दिईने छ । जबरजस्ती गुण्डा शैलिमा प्रस्तुत हुने, प्रतिकार गर्न खोज्ने अनि उल्टै अरोप लगाउने ? हिजो उक्त भीर फोर्ने टेन्डर भई काम सुरु गर्ने क्रममा अवरोध कसले गरेर किन रोकियो र करोडौको बजेट किन फ्रिज भयो भन्ने कुरा स्पस्ट छ । चामेको सन्दर्भमा हिजो आफ्नो डोजर भ्राताङ राखेर खोलामा नहाल्ने स्कूल पुल लगेपछि बल्ल डोजर ल्याउने उल्टो अरु लाई दोष दिने ? जिल्लामा यस्तो विपत्ती परेको बेला यो तेरो यो मेरो नभनि निस्वार्थ भावनाले सेवासहयोग गर्नु पर्ने बेलामा सामाजीक सञ्जाल मार्फत यस्ता झुटो अभिव्यक्तिहरु मनाननिय ज्यू जस्तो पदमा बसेर सेयर गर्नु सोभा नदिने पो हो की ? माननिय ज्यू सम्मानित व्यक्ति हो । अपमान किन गरौ भन्ने सोच हुँदा-हुँदै सामाजिक सन्जालमा जुन किसिमको अभिव्यक्ती दिए । वाध्यता भई मैले लेख्नु पर्‍यो:- ‘झुटो टिक्दैन एक दिन सवैले बुझ्ने छन् ।’