२०८१ श्रावण १२

जन प्रतिनिधिहरुलाई १५ दिने अधारभुत तालिम सुरु

Narpabhumi Gaunpalika

२१ माघ, चामे । मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिकाले आफ्ना स्थानीय जनप्रतिनिधिहरुका लागी १५ दिने आधारभूत तालिम सञ्चालन गरेको छ । नार्पाभूमि गाउँपालिकाले नार्पाभूमि गाउँपालिकाका स्थानीय जनप्रतिनिधिका लागी कार्यलय कामकाजको नेपाली भाषा र व्यवहारीक कानुन विषयक १५ दिने आिधारभूत तालीम सञ्चालन गरेको हो ।

हिउँदो छल्न काठमाडौं आएका जनप्रतिनिधिहरु लागी माघ २० गते देखि फल्गुण ५ गते सम्म काठमाडौंमा सञ्चालन हुने नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुन्जो तेन्जीङ लामाले जानकारी दिए । जनप्रतिनिधिहरुको कार्यदक्षता र सिप विकासका लागी उक्त कार्यक्रम सञ्चालन गरिएका अध्यक्ष लामाले जनाए ।