नासोंमा १५ दिने बेकरी तालिम सम्पन्न
धारापानी, १० बैशाख । ‘स्वदेशी सीप, स्वदेशी पूँजी स्वदेशी जागर, मेहेनत गरे अवश्य मिल्छ धनको सागर’ भन्ने मुल नाराका साथ मनाङको नासोंमा १५ दिने बेकरी तालिम सञ्चालन गरी समापन गरिएको छ । तालिम घरेलु तथा साना उद्योग कार्यालय मनाङ र नासों गाउँपालिकाद्वारा सञ्चालन गरिएको उक्त तालिम समापन समारोहमा गण्डकी प्रदेशका सांसद चिन्ता घलेको प्रमूख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमूख अतिथि सांसद घलले १५ दिनसम्म तालिम लिएका प्रशिक्षार्थीहरुले तालिबाट सिकेको ज्ञानलाई उचित ढंगले ब्यवहारमा उतार्ने आशा ब्यक्त गरे । उनले भने ‘आज बेकरीको तालिम सञ्चालन गरिएको छ, भोली अर्को यस्तै आधुनिक ढंगका सीप र ज्ञानका तालिमहरु सञ्चालन हुन सक्नेछन् । यसमा सहभागीहरुको उत्साहजनक सहभागिता रहनु पर्छ । आफूले सिकेको ज्ञान अरुलाई बाढँेर स्वदेशी सीप, पूँजी र मेहनतले गण्डकी प्रदेशलाई धनी बनाउन सक्नु पर्छ ।’
धारापानीमा सञ्चालन गरिएको उक्त तालिममा उल्लेखनी पर्यटन व्यवसायीहरुको सहभागिता रहेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले जानकारी दिएका छन् । १५ दिनसम्मको सञ्चालन गरिएको तालिम कार्यक्रम एक समारोहको आयोजना गरी समापन गरिएको थियो । समापन समारोहका प्रमूख अतिथि गण्डकी प्रदेशका सांसद चिन्ता घलेले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्