२०८१ श्रावण १२

नार्पाभूमि गाउँपालिकाका उपभोक्ता समितिका सदस्यहरुलाई तालिम

मनाङ अनलाईन सम्वाददाता
चामे, ३० असार/ नार्पाभूमि गाउँपालिकाले गाउँपालिकाभित्रका उपभोक्ता समितिका सदस्यहरुका लागि सचेतनामूलक अभिमूखिकरण तालिम प्रदान गरेको छ । शहरी विकास आयोजनाका प्रशिक्षकहरुद्वारा उक्त तालिम प्रदान गरेको हो । ।

सो तालिममा नार्पाभूमिका गाउँपालिका अधिकांश उपभोक्ता समितिका सदस्यहरुको सहभागिता रहेको गाउँपालिका उपाध्यक्ष कुन्छोग तेन्जिङ्ग लामाले बताएका छन् । कार्यक्रमबाट स्थानीय उपभोक्ताहरु लाभान्वित हुने दावी नार्पाभूमि गाउँपालिकाको रहेको छ ।

नार्पाभूमि गाउँपालिकाको प्रवेश गर्ने चामे गाउँपालिकाको कोतोमा उपभोक्ता समितिका सदस्यहरुका लागि सचेतना तथा अभिमूखिकरण तालिमको आयोजना गरिएको थियो । सो कार्यक्रममा काठमाडौंको उर्गेन बीजनस प्रमोशन प्रा.लि.को सह आयोजना रहेको थियो ।