२०८१ श्रावण १२

हिउदमा पनि मनाङमा पर्यटक भित्र्याउने प्रयास जारी

Tourist on Winter in Manang

मनाङ अनलाईन सम्वाददाता

मनाङ, २६ माघ / पर्यटकीय सिजनमा मात्रै पर्यटक आगमन बढी हुने अन्नपूर्ण पदमार्ग रहेको हिमाली जिल्ला मनाङमा हिउदमा पनि पर्यटक भित्र्याउने आईस क्लाईम्बिङ्ग फेस्टिभल शुरु भएको छ । अब हरेक वर्ष नियमित रुपमा सञ्चालन गर्ने गरी यो कार्यक्रम शुरु गरिएको हो ।

Tourist on Winter in Manang - 1

पर्यटन व्यवस्थापन उप समिति मनाङले मनाङ ङिस्याङ गाउँपालिका वडा नं. ४ हुम्डेस्थित यो कार्यक्रम सञ्चालन भईरहेको पर्यटन व्यवस्थापन समिति मनाङ जिल्लाका अध्यक्ष विनोद गुरुङले जानकारी दिएका छन् । अध्यक्ष गुरुङका अनुसार उक्त फेस्टिवलमा सहभागी हुन पर्वतीय खेलक्षेत्रमा विशेज्ञता हासिल गरेका ब्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको छ । कार्यक्रममा आईस स्कि र आईस बोर्ड पनि सञ्चालन भईरहेको अध्यक्ष गुरुङले बताएका छन् ।

Tourist on Winter in Manang - 2

गत फेबु्रअरी ४ देखि शुरु भएको यो खेल आगामी वर्षहरुमा पनि निरन्तर जारी रहने पर्यटन व्यवस्थापन उप समिति मनाङले जनाएको छ । मनाङ समाज सेवा समिति, नेस्याङ युवा कल्व, नेपाल कलम्बिङ टिम तथा Nepal 8th World Wonders जस्ता संस्थाहरुले उक्त कार्यक्रमका लागि आवश्यक सहयोग उपलब्ध गराएका छन् ।

Tourist on Winter in Manang - 4