मनाङका अमेरिका निवासी समाजसेवी लामाको पहलमा राहत सामाग्री वितरण
अमेरिका, २९ कार्तिक /अमेरिकामा बसो बास गर्दै आएका मनाङका समाजसेवी छिरिङ राप्के लामाले धरानका असाय परिवारलाई खाद्यान्न उपलब्ध गराएका छन् । यसै साता समाजसेवी लामाले स्थानीय सहयोगीहरुमार्फत धरानमा एक कार्यक्रमको आयोजना गरी खाद्यान्न वितरण गराएका हुन् ।
घ्यालसुम्दो सेवा समाज अमेरिकाको सहयोगमा संकलित रकमबाट धरान उपमहानगर पालिका वडा नं. १५ का झण्डै ३० विपन्न परिवारलाई खाद्यान्न लगायत रहात सामाग्री उपलब्ध गराएको समाजका पूर्व अध्यक्ष समेत रहेका लामाले बताए । खाद्यान्न तथा अन्य राहत सामाग्री खरिद गर्न अमेरिका निवासी नेपालीहरु सुनिल शाह, ओमकुमार भट्टराई, सिपी पौडेल, रघु सुवेदी, दीक्षा बस्नेत, बीमला हमाल श्रेष्ठ, आशा तामाङ, दावा शेर्पा, रामहरि अधिकारी, प्रेम पौडेल, मुकुन्द सुवेदी, शिबराज फागो, रस्मी सिंह, गौतम ढकाल, शान्ता लामा रिसाल, अर्जुन बोसेल, जयन्द्र लामा, अनन्तराज सुवेदी र सबीता सिल्वाले आर्थिक सहयोग प्रदान गरेका थिए ।
स्थानीय ग्रामीण क्लब हाउस नेपाल इटहरीको संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा सम्पनन गरिएको स्थानीय धर्म सुवेदीले जानकारी दिएका छन् ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्