२०८१ श्रावण १२

चीनियाँ राहत सामाग्री पोखरा आइपुग्यो

earthquake chaina help

चीन सरकारले भूकम्पपीडितको राहतका लागि दिने सहयोग सामग्री लिएर दुई वटा चिनियाँ सेनाको जहाज पोखरा आइपुगेकको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विहान ९ बजे अवतरण गरेको चीनियाँ जहाजबाट ल्याएको सामाग्री पोखराबाट नेपाली एयरलाइन्सको जहाजबाट कर्णाली लैजाने छ ।

चीनियाँ जहाजमा सामान ल्याउने भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि पोखरा पुगेका छन् । चिनियाँ राजदूत छन सोङले सामान गृहमन्त्रीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

चीनले १० करोड बराबरको सामग्री सहयोग गर्ने घोषणा यसअघि नै गरेको छ ।