२०८१ श्रावण १२

समाजसेवी लामाद्वारा कोरोना संक्रमितहरुलाई निरन्तर सहयोग

Chhiring Rapke Lama - America

न्यूयोर्क, २४ जेठ / मनाङका अमेरिका निवासी समाजसेवी छिरिङ राप्के लामाले अमेरिकामा बसोबास गर्दै आएका कोरोना संक्रमितहरुलाई घर घरमा सहयोग पुर्याउने क्रमलाई जारी राखेका छन् । समाजसेवी लामाले नोबेल कोरोना भाईरस संक्रमणका कारण लाग्ने रोग कोबिड १९ बाट ग्रसित पीडितहरुलाई शुरुवातदेखि नै सहयोग पु¥याउदै आएका हुन् ।

अमेरिका निवासी नेपालीहरुले उनको यो कार्यलाई खुलेर प्रंशसा गरेका छन् । अमेरिका निवासी टेक गुरुङले सामाजिक सञ्जालहरुमा लेखेका छन् ‘सूर्यको पहिलो किरणसँगै झिमिक्कै रात नपरेसम्मा, हप्ताको सातै दिन न्युवर्क शहरको हरेक वस्ती वस्तीमा, कोरोनाको शुरुवातदेखि हालसम्म निरन्तर अधिकांश समय आफ्नै पकेटबाट विरामीलाई ग्रोसरी, औषधिहरु वितरण गर्नु हुने समाजसेवी, आदिवासी जनाजाती महाँसंघ, अमेरिका संघीय परिषदका सदस्य सचिव, घ्यासोम्दा सेवा समाज अमेरिकाको सफल पूर्व अध्यक्ष छिरिङ राप्के लामासँग प्रवासी नेपाली एकता मन्च, अमेरिकाले सहकार्य र समन्वय गर्ने अवसर प्राप्त भयो । उहाँको यस महान् समाजसेवाको कामलाई उच्च सम्मान सहित हार्दिक नमन गर्दछु ।’

त्यसैगरी समाजसेवी छिरिङ राप्के लामाले जारी राखेको सहयोगको प्रशंसा गर्दै अर्का अमेरिका निवासी नेपाली प्रेम गुरुङले पनि ‘घ्याल्सुम्दो सेवा संस्था अमेरिकाको निवर्तमान अध्यÞक्ष र फिप्ना संघीय परिषाद अमेरिकाका वर्तमान सचिव छिरिङ राप्के लामा ज्युको यो महान् कार्यलाई म लगायत न्युयोर्क अमेरिकावासी हार्दिक नमनका साथै आभार प्रकाट गर्दछौं । मार्च र एप्रिल महीनाको त्यो कहाली लाग्दो समयमा हरेक व्यक्तिको ढोका–ढोकामा गई दबाई र ग्रोसारी किनमेलको सहयोग प्रदान गरेको मैले र हामीले कहाँ भुलेका छौं र त्यो पनि एकदम सुपार फस्ट गतिमा आफ्नो कुनै कार्यलाई महत्वपूर्ण नसम्झी रात दिन सेवामा खट्नु हुने तपाईंलाई हाम्रो कोटीकोटी प्रणाम’ भनेका छन् ।

कोरोना भाईरसको संक्रमणले विश्वब्यापी महामारीको रुप लिएर जनजीवन त्रसित बनाईरहेको वर्तमान समयमा निडर भएर पीडितहरुलाई हौसला बढाउँदै सेवा गर्दै आएका समाजसेवी छिरिङ राप्के लामाको यो महान कार्यको मनाङ जिल्लाको पहिलो आमसञ्चार माध्यम मनाङ अनलाईन परिवारले पनि उच्च प्रशंसा गरेका छौं ।