२०८१ श्रावण १२

नेकां जेष्ठ राजनीतिज्ञ सभामा मनाङका तीन सदस्य चयन

nepali congress manang

चामे, १५ साउन / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठन गरेको नेपाली कांग्रेस पार्टी जेष्ठ राजनीतिज्ञ सभामा मनाङका तीन जेष्ठ राजनीतिज्ञ चयन भएका छन् । पार्टीको जेष्ठ राजनीतिज्ञ सभामा चयन भएका मनाङका जेष्ठ राजनीतिज्ञलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति मनाङले बधाई ज्ञापन गरेको छ ।

नेपाली काँग्रेस मनाङका संस्थापक सभापति एवं राष्ट्रिय सभाका पूर्व सभासद कोमल बहादुर घले, संस्थापक सदस्य कर्म गुरुङ (तारा) र चिउडे लामा उक्त सभामा चयन भएकोमा नेपाली कांग्रेस मनाङले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति मनाङका सभापति पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले बताएका छन् ।

पार्टीको नियमावली २०७६ को नियम ५० बमोजिम बुधवार गठित जेष्ठ राजनीतिज्ञ सभामा चार सय ७९ सदस्य चयन भएको नेपाली कांग्रेस पार्टी कार्यालयका मूख्य सचिव कृष्ण प्रसाद पौडेलले जनाएका छन् । उनका अनुसार उक्त सभामा पूर्वमहामन्त्री तथा पूर्वसभामुख तारानाथ रानाभाट र पूर्वसभामुख दमननाथ ढुंगाना समेत रहेका छन् ।