२०८१ श्रावण १२

मनाङका २२ जना आन्तरिक पर्यटकको रुपमा एभरेष्ट बेस क्याम्प घुम्दै

Domestic Tourists from Manang

नाम्चे बजार, १७ पौष / नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को अवसरमा हिमाली जिल्ला मनाङका २२ जनाले आन्तरिक पर्यटकको रुपमा अर्को हिमाली पर्यटकीय क्षेत्र एभरेष्ट बेसक्याम्पसम्मको अवलोकन भमण गरेका छन् । उनीहरुले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने उद्देश्यले यो भ्रमण गरेका हुन् ।

विशेषगरी मनाङका पर्यटन व्यवसायी, स्थानीय जनप्रतिनिधिहरु र विभिन्न संघ संस्थाहरुको नेतृत्व गर्दै आएका सदस्यहरुको टोलीले एभरेष्ट बेस क्याम्पसम्मको अवलोकन भ्रमण गरेको भ्रमण संलग्न पर्यटन व्यवस्थापन समिति मनाङका अध्यक्ष विनोद गुरुङले जनाएका छन् ।

जारी भ्रमणको विषयमा जानकारी दिदै अध्यक्ष गुरुङले भने ‘नेपाल सरकारले लागु गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न हामी पर्यटन व्यवसायीहरुले पनि आवश्यक भूमिका निर्वाह गर्नु पर्छ, पर्यटन प्रबद्र्धन गर्न हामी व्यवसायीहरुले पनि पहल गर्नु पर्छ भनेर गत पुष ११ गतेदेखि यस क्षेत्रको भ्रमणमा निस्किएका हौं ।’

Domestic Tourists from Manang - Visiting Everest Region

राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको संरक्षण क्षेत्र व्यवस्थापन समिति मनाङ, टङ्की मनाङका सदस्यहरु, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटन व्यवस्थापनका सदस्यहरु, कस्तुरी मृग संरक्षण उपसमितिका सदस्य, आमा समूहका सदस्य र पर्यटन व्यवसायीहरु, वडाका अध्यक्षहरु सहित २२ जनाको टोली ८ दिनको लागि व्यस क्यमप सम्मको यात्रा गरिरहेका छन् ।