२०८१ श्रावण १२

मनाङका गायक रोकेश गुरुङको गायन सार्वजनिक

Pari Song - Manang

काठमाडौं, ३० असोज/ मनाङका गायक रोकेश गुरुङको गायन रहेको ‘परी’ बोलको गीत सार्वजनिक भएको छ । नेपालीहरुको महान चाड दशैं र तिहारको अवसर पारेका उक्त गीत सार्वजनिक गरिएको हो ।

छिट्टै रिलिज हुन लागेको उनको म्युजिक एल्बम् ‘माया’ मा समेट्न लागिएको उक्त गीतको म्युजिक भिडियो समेत निर्माण गरी सार्वजनिक गरिएको गायक गुरुङले जानकारी दिएका छन् । गायक गुरुङको स्वरमा रहेको ‘परी’ बोलको गीतमा नेपाली नायिक प्रीयङ्का कार्कीले अभिनय गरी छिन् ।

गायक गुरुङले निर्देशन गरेको ‘परी’ बोलमा रहेका गीतको म्युजिक भिडियोमा कन्सेप्ट पनि रोकेश गुरुङकै रहेको छ । दिवश गुरुङले सम्पादन गरेका उक्त म्युजिक भिडियोलाई नाम्गेल लामा तथा लामा एकाउन्टिङले स्पोन्सर गरेका छन् ।