२०८१ श्रावण १२

भव्यताका साथ संविधान दिवस मनाङमा पनि मनाईदै

चामे, ३ असोज । हरेक वर्ष असोज ३ गते देशैभरी र विदेशमा रहेका नेपालीहरुले मनाइदै आएको संविधान दिवस मनाङमा पनि भव्य रुपमा मनाईदै छ । जिल्ला समन्वय समिति मनाङको अगुवाईमा जिल्लाको सदरमुकाम चामे लगायत जिल्लामा रहेका ४ वटै गाउँपालिकाहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाङमा संविधान दिवस मनाईएको हो ।

यसैबीच तत्कालीन् संविधान सभामा मनाङका सदस्य पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले संविधान दिवसको अवसरमा मनाङका स्थानीय तहहरुले संविधान दिवस भव्य रुपमा मनाएकोमा खुशी ब्यक्त गरेका छन् । नेपाली कांग्रेस मनाङका सभापति पूर्व राज्यमन्त्री गुरुङले नेपाली कांग्रेसको नेतृत्वमा गठित सरकारले २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानले नेपाली जनताको सबै प्रकारका हक अधिकार सुनिश्चित गरेको बताए । उनले संविधानको पालना गरेर सम्पन्न भएका राजनीतिक उपलब्धीलाई सुरक्षित राख्नु पर्नेमा जोड दिएका छन् ।

जिल्ला समन्वय समिति मनाङको अगुवाईमा जिल्लाका शैक्षिक संस्थाहरुका साथै सरकारी निकायमा कार्यरत कर्मचारीहरु र विभिन्न संघ संस्थाहरुको सहभागितामा संविधान दिवसको मनाइएको सुरेश थापाले बताएका छन् ।