२०८१ श्रावण १२

वि.पी. जयन्तीको अवसरमा मनाङमा वृक्षारोपण

bp jayanti

चामे, २४ भाद्र । वि.पी जयन्तीको अवसर पारेर नेपाली कांग्रेस मनाङले वृक्षारोपण कार्यक्रमको अयोजना गरेको छ । नेपाली कांग्रेस मनाङले जिल्ला कार्यालय चामेको आसपासमा वृक्षारोपण गरिएको हो ।

नेपाली कांग्रेसले पहिलो चरणको जागरण अभियान समापन गरेयता पार्टीका गतिविधिहरुलाई निरन्तरता दिँदै आएको छ । वि.पी जयन्तिको अवसरमा गरिएको यो वृक्षारोपण कार्यक्रम पनि त्यसैको निरन्तरता भएको नेपाली कांग्रेस मनाङका सभापति पूर्व श्रम तथा रोजगार राज्य मन्त्री टेकबहादुर गुरुङले जानकारी दिएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति मनाङको आयोजनामा गरिएको उक्त वृक्षारोपण कार्यक्रममा दर्जनौँ विरुवा रोपियो भने उक्त कार्यक्रममा जिल्ला कार्यसमितिका करिव १५ जनाभन्दा बढि सदस्यहरुको सहभागीता रहेको थियो । नेपाली कांग्रेस पार्टि केन्द्रको निर्देशन बमोजिम उक्त कार्यक्रम सन्चालन गरिएको सहभागीहरुले जनाएका छन् ।