२०८१ श्रावण १२

मनाङ जाने सडक फेरि अबरुद्ध

chame landslide

धारापानी, १२ असोज । हिजो साँझ चामे बेसिशहर सडकको स्याँगे नजिकै गएको पहिरोका कारण मनाङ जाने सडक फेरि अवरुद्ध भएको छ । लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नं–०४ मा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । पहिरोमा परी एउटा जीप समेत क्षतिग्रस्त भएको छ ।

स्थानीय वासिन्दाहरुका अनुसार स्याँगेबजार नजीक सडकमाथिबाट पहिरो जाँदा बा १६ च ५०६८ नम्बरको स्कोरपियो जीप दुर्घटनामा परी क्षति ग्रस्त भएको हो । मनाङ घुम्न जाँदै गरेका यात्रुहरु लिएर जाँदै गरेको जीप पहिरो जान थालेपछि यात्रुहरुलाई ओरालेर सुरक्षित स्थान तर्फ लगिएका कारण मानवीय क्षति नभएको प्रत्यक्षदर्शीले जानकारी दिए ।